शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सञ्जय दत्तको ‘सडक २’ ट्रेलरमा ‘डि सलाइक’को वर्षा (ट्रेलर हेर्नुस )

शुक्रवार , श्रावण ३०, २०७७

काठमाडौं - हिन्दी फिल्म ‘सडक २’ को ट्रेलर नेपालमा युट्युबको नम्बर एक ट्रेन्डिङमा उक्लिएको छ । तर, यो ट्रेलरले लाइकभन्दा कैयौं गुणा बढी डि सलाइक पाएको छ । दुई दिनअघि रिलिज गरिएको ट्रेलरमा आलिया भट्ट, पूजा भट्ट, सञ्जय दत्त, आदित्य रोय कपूर लगायतका कलाकारको शीर्ष भूमिका छ ।

 

यो समाचार तयार गर्दै गर्दा फिल्मको उक्त ट्रेलरलाई हेर्नेको संख्या २ दिनमा ३ करोड ६८ लाख ९६ हजार माथी छ । तर, न सोचिएको बि डम्बना । ट्रेलरलाई डि सलाईक गर्नेहरु मात्रै झन्डै १ करोड पुग्न लागिसकेको छ । अर्थात ९० लाख बढी डि सलाईक आईसकेको छ । यसरी डि सलाईक आउने क्रम हरेक सेकेन्ड सेकेन्डमा हजारौंको हाराहारीमा छ । यता लाईक गर्नेको संख्या भने ४ लाख ८४ हजारको माथी मात्रै छ ।

अभिनेता सुशान्त सिंह राजपुतको मृ त्युपछि चर्किएको नेपोटिज्म वि वादको असर यो चलचित्रमा पर्ने भएको छ।सडक–२ मा आलिया भट्टसँगै सञ्जय दत्त, पूजा भट्ट, आदित्य रोय कपूरसहितको अभियन छ। यो चलचित्र अगस्ट २८ मा स्ट्रिमिङ्ग सेवा डिज्नी प्लस हटस्टारमा रिलिज हुनेछ ।

 

सडक–२ मा सुरुमा सुशान्त सिंह राजपूतलाई लिने कुरा भए पनि मिलेको थिएन। केही समयअघि सार्वजनिक भएको सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र दिल बेचरालाई भने उनका फ्यानले अति रुचाएका थिए ।

ट्रेलरका अनुसार चलचित्र प्रेम र एक्सनसँग सम्बन्धित देखिन्छ । ‘सडक २’ सन् १९९१ मा आएको ‘सडक’ चलचित्रको सिक्वेल हो।

ट्रेलर:

प्रतिक्रिया