बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

क्वारेन्टिन व्यवस्थापनमा ध्यान देऊ

शुक्रवार , श्रावण ३०, २०७७

सिन्धुलीको विभिन्न क्वा रेन्टिनमा १ सय ५९ जना बसिरहेका छन् । जिल्लाको विभिन्न स्थानिय तहमा रहेका क्वारेन्टिनमा बसिरहेकाहरुले व्यवस्थापनको क मजोरीमाथि प्रश्न उठाएका छन् । क्वारेन्टिनमा शौचालय, बेड लगायत अ त्यावश्यक सामाग्रीहरुनै ल थालिंग अवस्थामा नरहेको गु नासो आइरहेको छ । जिल्लाका स्थानिय तहले करोडौँ रुपैँया कोरोना भा इरस रोकथाम र नि यन्त्रणकालागि खर्च गरेपनि क्वारेन्टिनको उच्च व्यवस्थापनमा जोड दिन सकेका छैनन् । स्थानिय तहले कोरोना भा इरस नि यन्त्रण र रोकथामकालागि महत्वपुर्ण भुमिका खेलेका छन् । तर, व्यवस्थापनमा देखिएको कमजोरीले भने नागरिक दु:खी भएको अवस्था छ । दुई साता बढि समय घरबाट अलग्गीएर बस्नु सामान्य कुरा होइन् । यस्तोमा मानसिक तनाव पनि हुनेगर्दछ । अझ, क्वारेन्टिनको हालत बे हाल भयो भने अवस्था झनै बिग्रिन्छ । तसर्थ, स्थानिय तह लगायत सरोकारवाला निकायले आफ्नो क्षेत्रमा व्यवस्थित क्वारेन्टिनलाई प्राथमिकता दिन जरुरी छ ।

जनताद्धारा निर्वाचित प्रतिनिधिहरुले जनताको ऋण बुझाउने समय भनेको यहि हो । संकटको अवस्थामा जनतालाई स्थानिय सरकराले सुरक्षा दिनुपर्छ । जोखिमको समयमा जनप्रतिनिधिले देखाएको उद्धारता र सेवालाई नागरिकले पक्कै पनि मूल्यांकन गर्नेछन् । तसर्थ, स्थानिय सरकारले कोरोनाको जोखिममा रहेकाहरुलाई उचित सम्मान गर्दै व्यवस्थापन र सुरक्षामा विशेष जोड दिन आवश्यक छ । अतः कोरोनाको म हामारीमा सम्पूर्ण राज्यको शक्ति र सरोकारवाला निकायले नागरिकलाई कसरी सु रक्षित र व्यवस्थित गर्ने भन्नेतर्फ सोच्न जरुरी छ ।

प्रतिक्रिया