शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आस्था राउतको ‘फाट्यो माइतीको चिनो’ (हेर्नुस भिडियो)

बिहिवार , श्रावण २९, २०७७

 

काठमाडौँ,२९ साउन– गायिका आस्था राउतको स्वरमा रहेको ‘फाट्यो नि माइतीको चिनो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत तथा शब्द रचना सुरेश अधिकारीको छ । गीतको भिडियोको निर्देशन शान थापाले गरेका हुन् । सावित्री राउतको निर्माण रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

दीया मास्के र मनोज जोशीले गीतको भिडियोमा अभिनय रहेका छन् । राजिव समिरको कोरियोग्राफी रहेको गीतका छायाँकार अर्जुन तिवारी हुन् । हेर्नुस भिडियो यस्तो बनेको छ

माइती र चेलीको सम्बन्धलाई प्रस्तुत गरिएको गीतले माइती घर छोडेर पराइघर गएकी छोरीले माइतीलाई लामो समय भेट्न नपाउँदाको बेदनालाई समेटेको छ । माइतीको अभावमा माइतीले दिएको चिनो हेरेर चित्त बुझाइरहेकी चेलीले त्यो पनि गुमाउनु पर्दाको पीडालाई गीतमा समेटिएको छ ।

भिडियो :

प्रतिक्रिया