शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सञ्जयका लागि प्रार्थना गर्नुहोस्, अ फवाह न फैलाउनुहोस्ः मान्यता दत्त

बिहिवार , श्रावण २९, २०७७

एजेन्सी - बलिउड अभिनेता सञ्जय दत्तको स्वास्थ्य स्थिती ख राब भएको खबर सार्वजनिक भएपछि अब उनकी श्रीमती मान्यता दत्तले यसबारे बयान जारी गरेकी छिन् ।

मान्यताले बुधबार जारी गरेको आफ्नो बयानमा ती सबैलाई धन्यवाद दिइन् जसले सञ्जय दत्त चाँडै निको हुन् भनेर प्रार्थना गरिरहेका छन् ।

मान्यताले भनिन्, ‘म सञ्जुका प्रशंसकलाई यो आग्रह गर्न चाहन्छु कि तपाईंहरु कुनै पनि अ फवाह र अड्कलबाजीमा नफस्नुहोस् । म चाहन्छु कि तपाईंहरुले सधैं यसैगरी आफ्नो प्रेम, आत्मियता र समर्थन प्रदान गरिरहनुहोस् । पछिल्लो केही वर्षदेखि हाम्रो परिवारले विभिन्न स मस्या झेलेको छ र मलाई पूर्ण विश्वास छ कि यो समय पनि बित्नेछ । सञ्जु र हाम्रो परिवार सधैं यो द्धाको रुपमा उभिएका छन् । भगवानले एकपटक पुनः हाम्रो अगाडि चु नौती खडा गरेर हामो परीक्षा लिने निर्णय गरेको छ ।’

मान्यताले थपिन्, ‘यतिबेला हामीलाई तपाईंको आशिर्वाद र प्रार्थनाको आवश्यकता छ । तपाईंको म द्दतले हामी सधैं झैं बिजेता बनेर आउनेछौं । यो मौकाको प्रयोग सकारात्मकता फैलाउनका लागि गर्नुहोस् ।’

कामबाट ब्रे कः

यसअघि सञ्जय दत्तले मंगलबार इन्स्टाग्राममा सेयर गरिएको आफ्नो पोस्टमा उनी उ पचारका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए ।

उनले लेखेका थिए, ‘साथीहरु, म उ पचारका लागि कामबाट छोटो ब्रेक लिइरहेको छु । म र मेरो परिवारले सधैं आफ्नो शुभचिन्तकलाई यो भन्न चाहन्छौं कि तपाईंहरु चि न्ता नलिनुहोस् र कुनै आधारहीन अड्कलबाजी नगर्नुहोस् । म चाँडै नै फिर्ता हुनेछु ।’

सञ्जय दत्त र उनको परिवारले उनलाई के समस्या भएको हो भन्ने जानकारी दिएको छैन ।

उनलाई केही दिन अघि मुम्बईको लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया