शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अञ्जली अधिकारीको डान्स भाईरल (हेर्नुस भिडियो)

बिहिवार , श्रावण २९, २०७७

काठमाडौं २९ साउन – पछिल्लो समय भाईरल हुनुछ भने सामाजिक संजाल टिकटक तथा फेसबुकमा केही राम्रो वा उट्पट्याङ काम गर्नुस् । रातारात भाईरल हुन्छ र युट्युबरले सेलिब्रेटी सरह बनाईदिन्छ । यस्ता उदाहरण नेपालमा कयौ छन् । यस्तै गीत भाईरल हुनलाई पनि यतिबेला टिकटक नै अग्र स्थानमा छ भन्दा फरक पर्दैन । पछिल्लो समय अत्याधिक रुचाईएको गीत ‘सोचे झै जिन्दगी रैनछ’लाई भाईरल हुन टिकटकको ठूलो हात छ ।

उक्त गीतमा अञ्जली अधिकारीले गरेको एक डान्स स्टेप यतिबेला बच्चा देखि बुढापाका सम्मले कपि गर्न थालेको टिकटकका भिडियोहरुमा देख्न सकिन्छ । सोही गीतको भिडियोलाई यतिबेला युट्युबमा भने ५० लाख बढिले हेरेको छ । यो समाचार तयार गर्दै गर्दा भिडियोलाई ५० लाख ६५ हजार ७ सय १७ पटक हेरिएको छ । जुलाई १६ अर्थात साउन १ गते युट्युबमा सार्बजनिक गीतको भिडियोलाई २९ दिनको अवधीमा यस्तो सफलता मिलेको हो । हेर्नुस् भिडियो ।

भिडियोलाई ६४ हजारले लाईक तथा ४३ सयले डिसलाईक गरेका छन् । २८ सय बढी सकारात्मक कमेन्टमा टिकटकमा भाईरल भएर युट्युबमा खोज्दै आउनेहरुको पनि लहर छ । यता टिकटकमा पनि सो गीतको क्लिपहरुमा लाख भन्दा बढी भिडियोहरु बनेका छन् । तिजलाई लक्षित गर्दै सार्बजनिक गरिएको सो गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको स्वर रहेको छ ।

यस्तै नेत्र अर्यालको शब्द तथा गीतका गायक सेन्चुरीले नै संगीत भरेका छन् । अञ्जली अधिकारीले मज्जैले कम्मर मर्काएको भिडियोमा उनलाई ओबि रायमाझीले नाच्नमा साथ दिएका छन् । यस्तै भिडियोमा लोमस शर्मा र रुबिना अधिकारीले पनि ठुम्का हानेका छन् । भिडियोलाई प्रकाश भट्टले कोरियोग्राफी तथा निर्देशन गरेका छन भने नवराज उप्रेतीले भिडियो खिचेका हुन् । बिष्णु शर्माले भिडियो सम्पादन गरेका छन् ।

 भिडियो हेर्नुस :

प्रतिक्रिया