शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

धेरै कमाउने सुचिमा ‘रक’ पहिलो, अक्षय छैटौंमा

बिहिवार , श्रावण २९, २०७७

फोर्ब्सले सर्वाधिक कमाई गर्ने १० अभिनेताको सूची सार्वजनिक गरेको छ । सर्वाधिक कमाउनेको लिस्टमा बलिउडका अक्षय कुमार पनि टप टेन भित्र परेका छन् ।

अक्षय कुमार संसारकै धेरै कमाउनेको टप ६ मा परेका छन् । पहिलो नम्बरमा हलिउड स्टार ड्वेन जोनसन (द रक) परेका छन् । उनले एक वर्षमा ८७.५ मिलियन अमेरिकी डलर कमाउने गरेका छन् । उनले नेटफ्लिक्सको ‘रे ड नो टिस’ का लागि २३.५ मिलियन अमेरिकी डलर पारिश्रमिक पाएका थिए ।

संसारमै सर्वाधिक कमाउनेमा क्रमशः दोस्रो नम्बरमा हलिउड अभिनेता रायन रेनोल्डस, तेस्रो नम्बरमा मार्क व्हालबर्ग, चौथो नम्बरमा बेन एफ्लेक, पाँचौ नम्बरमा विन डीजल, छैटौं नम्बरमा अक्षय कुमार, सातौं नम्बरमा म्यानुएल मिरान्डा, आठौं नम्बरमा विल स्मिथ, नवौं नम्बरमा एडम सान्डलर र दशौं नम्बरमा ज्याकी च्यानको नाम छ ।

फोर्ब्सको छैटौं नम्बरमा रहेका अक्षय कुमारले गएको एक वर्षमा ४८. ५ मिलियन अमेरिकी डलर अर्थात् भारतीय ३ सय ६२ करोड कमाई गरेको उल्लेख छ । सर्वाधिक आय गर्ने अभिनेत्रीको सूची भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया