शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज साउन २९ गते बिहिबारको राशिफल र मौसम

बिहिवार , श्रावण २९, २०७७

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण २९ गते बिहिबार इश्वी सन २०२० अगस्त १३ तारीख भाद्र कृष्णपक्ष नवमी तिथी रोहिणी नक्षत्र ध्रुव योग गर करण चन्द्रंमा बृष राशीमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु गेँुगा नवमी ललितपुरमा भीमयात्रा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला । नसोचेको ठाउँमा धनको नाश हुने दिन छ । स्वास्थ्यमा गडबढीको संकेत गर्दैछ । खानपिनमा एकदमै सावधान रहनु होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन्, पढाइमा मन जानेछ । काममा सहयोगी साथीभाइहरुले राम्रो साथ दिनेछन् । खेतीपातीको कामबाट राम्रो लाभ लिन सकिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । तपाइका प्रशंन्सा गर्नेहरु बढ्नेछन् । ब्यापार ब्यवसायबाट पनि प्रशस्त फाइदा हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ । टाढाको यात्राबाट धन प्राप्त हुने दिन छ । आफन्तजनको सहयोग पनि प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ । केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ । भौतिक साधनको क्षतिले गर्दा खर्च हुने दिन छ । शरिरमा सामान्य रोगले पनि सताउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नु होला । तपाइले चिताएको काममा सफलता नमिल्न सक्छ, साथीभाइहरु रुष्ट हुनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन, नसोचेको ठाउँबाट धन आउने दिन छ । आजको दिन तपाइको आयआर्जन सन्तोषजनक रहने छ । पारिवारिक समस्या पनि बढ्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ । काममा जोश जांगर आउनाले मन प्रफुल्ल होला, सेयर बजारका काममा पनि सफलता मिल्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । भने, कुसैसंग मनमुटाव हुन सक्छ । वादविवादमा पर्न सकिन्छ, एकदमै सावधान रहनु होला । अनायसै रुपैँया पैसाको पनि क्षती हुने दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ । काम तथा नोकरीमा झमेलाको सामना गनुपर्ने दिन छ । तर, व्यापारमा भने लाभ मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जका साथ बित्नेछ । सोचेको काम बन्नाले मन हर्षित हुनेछ । मान्यजनको आगमन पनि हुन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ । नोकरी तथा राजनितीमा गरेका प्रयासहरु फलदाइ रहनेछन्, सामान्यतया दिन ठिकै छ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसारआज मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ ।हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भईरहेको छ।

आज दिउँसो :- देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती :- देशभर सामान्य वदली रही केही स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया