आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण २८ गते बुधबार इश्वी सन २०२० अगस्त १२ तारीख भाद्र कृष्णपक्ष अष्टमी तिथी पश्चात नवमी तिथी कृत्तिका नक्षत्र वृद्धि योग पश्चात ध्रुब योग कौलव करण चन्द्रंमा बृष राशीमा आनन्दादि योगमा सिद्धि योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु श्रीकृष्ण रथयात्रा विराटनगरमा राधाकृष्ण रथयात्रा, पाल्पा तानसेनमा भगवती, नारायणी यात्रा, हिलेजात्रा, डोटीको सिलगढीमा मष्ट जाँत अन्तर्राष्ट्र्यि युवा दिवस।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । कामहरु आज सजिलैसंग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन । सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ। श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्वाकांक्षी काम बन्न सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । परिवारको साथ सहयोग मिल्नेछ देखिन्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन । मन लगाएर काम गर्नु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ । विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउने छन् । रचनात्मक काममा जुट्ने समय छ । सामान्यतया दिन एकदम राम्रो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत््वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान–सम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । जागिरमा पनि समस्या हुने दिन छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
आजको मौसम
मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार आज मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ ।हाल देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका थोरै-थोरै स्थानहरुमा हल्का बर्षा भईरहेको छ।
आज दिउँसो :- देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं ५ , गण्डकी प्रदेश, र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राती :- देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेश, प्रदेश नं ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।