एजेन्सी २८ साउन – भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्या न्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्या न्सर भएको पुष्टि भएसँगै उहाँ उ पचारका लागि अमेरिका प्रस्थान गर्नु भएको छ ।
सञ्जयलाई फोक्सोको क्या न्सर भएको उहाँका एक घनिष्ट मित्रलाई उदृत गर्दै दैनिक भास्करले समाचार लेखेको छ । शरीरमा अक्सिजनको ग डबडी देखिएलगत्तै अगष्ट ८ मा सञ्जयलाई मुम्बइस्थित लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।
उहाँलाई त्यसबेला सास फेर्न निकै स कस भएको थियो । उहाँको त्यसबेला कोरोना परीक्षण समेत गरिएको थियो । २ दिन लिलावती अस्पतालमा उपचार गरेर सोमबार उहाँ डिस्चार्ज हुनु भएको थियो । अभिनेता दत्तको परिवार भने ५ महिनादेखि लकडाउनका कारण दुबईमा रहेका छन् । सञ्जयको परिवार क्या न्सर पी डित परिवारका रुपमा चिनिन्छ ।
उहाँकी आमा नरगिसलाई पनि प्याङक्रियाजको क्यान्सर भएको थियो । उहाँकी आमाको क्या न्सरकै कारण सन् १९८१ म नि धन भएको थियो भने उहाँको पहिलो श्रीमती श्रृचा शर्माको पनि क्या न्सरकै कारण नि धन भएको थियो । सञ्जयलाई क्या न्सर भएलगत्तै सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट दर्शक र सर्वसाधारणले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । श्रोतः दैनिक भाष्कर