एजेन्सी : बलिउडका अभिनेता तथा अभिनेत्री कमाईको हिसाबले कुनै उद्योगपति भन्दा कम हुँदैनन् । यस उद्योगका चर्चित कलाकार निकै सम्पन्न र धनि छन् ।
केही अपवाद बाहेक बलिउडका धेरै जसो अभिनेता तथा अभिनेत्रीको जीवनशैली निकै नै लोभलाग्दो छ । तर यी मध्येमा पनि एकजना अभिनेता यस्ता छन् जसलाई बलिउडका सबैभन्दा धनि अभिनेता तथा दोस्रो अम्बानी भनेर पनि चिन्ने गरिन्छ ।
भारतका दोस्रो अम्बानीको रुपमा परिचित नायक हुन् सुनील शेट्टी । उनि लामो समयदेखि बलिउडबाट टाढा रहेका छन् । कुनै समय एक्सन हिरोको उपाधि पाएका उनी लामो समयदेखि चलचित्रमा देखिन छाडेका छन् यद्यपि उनी निकै धनाढ्य छन् ।

इन्डियाका ‘अर्नोल्ड श्वार्जनेगर’ भनेर चिनिएका शेट्टीको अभिनय अरु बाकीँ फिल्मका स्टारको भन्दा निकै अलग मानिन्छ । ‘धडकन’, ‘टक्कर’, ‘मोहरा’ जस्ता ११० चर्चित फिल्ममा काम गरिसकेका ५६ वर्षका सुनिलले मलयालम, तामिल र अंग्रेजी फिल्ममा समेत काम गरेका छन् ।
सुनिल राम्रो अभिनेता मात्र होइनन् उनी एक सफल व्यावसायी पनि हुन् । । उनको ‘रेस्टुरेन्ट’, ‘प्रोडक्सन हाउस’, ‘कपडाको बुटीक’ जस्ता व्यवसाय रहेको छ । जसबाट निकै ठुलो कमाइ गर्छन् । उनी सामाजिक कार्यमा पनि निकै सक्रिय रहेका छन् ।
फिल्मबाट टाढिएका सुनिलले खेलमा आफ्नो ध्यान केन्द्रीत गरे । उनले अन्य स्टारसँग मिलेर ‘सेलिब्रेटी क्रिकेट लीग’ को लागि टीम किने जसको कप्तान उनी आफै हुन् ।