शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रुसद्वारा कोरोनाविरुद्धको भ्याक्सिन तयार भएको दावी, पुटिनकी छोरीमाथि सफल परीक्षण

मंगलवार , श्रावण २७, २०७७

मस्को– रुसले कोरोना भा इरसवि रुद्धको भ्याक्सिन पत्ता लगाएको दावी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार भ्याक्सिनको सफल परिक्षण भएको छ भने त्यहाँको स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको छ । “गाम कोभिड भ्याक ल्योए” नामको यो भ्याक्सिन ठूलो संख्यामा उत्पादन गरिने पुटिनले बताएका छन् ।

पुटिनले आफ्नै छोरीमाथि परीक्षण भएको र नतिजा सफल देखिएको दावी गरेका छन् । मंगलवार भ्याक्सिन पत्ता लागेको घोषणा गर्दै पुटिनले भनेका छन्, “हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएका छौँ । त्यसले सरकारीस्तरमा अनुमति पनि पाएको छ ।”

कोरोना भाइरसविरुद्ध बनाइएको विश्वकै पहिलो यो भ्याक्सिनलाई रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी एन्ड माइक्रोबायलोजीले मिलेर तयार गरेका हुन् ।

यो भ्याक्सिन सबैभन्दा पहिले फ्रन्टलाइन स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा परेका मानिसलाई लगाइने छ ।

 

अगष्ट १२ मा पहिलो कोरोनो भा इरस वि रूद्धको खो प दर्ता हुँदै

सम्पूर्ण विश्व कोरोना सं कटसँग सं घर्ष गरिरहेको छ । सं कट बाट बाहिर आउन खो पको पर्खिरहेको छन । तर, यो प्रतीक्षा अन्त्य हुने खबरहरु बाहिर आइरहेका छन् । रूसले अर्को हप्ता विश्वको पहिलो ए टी–को भिड खोप दर्ता गर्ने योजना बनाएको छ । रसियाका उपस्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभका अनुसार रूसले कोरोनो भा इरस वि रूद्धको खोप १२ अगस्तमा पहिलो दर्ता गर्नेबताउनु भयो ।

रुसको उफा शहरमा क्या न्सर सेन्टर भवनको उदघाटन गर्ने क्रममा शुक्रबार ओलेग ग्रिडनेभले अहिले यो को रोना खोप परीक्षणको तेस्रो र अन्तिम चरण चलिरहेको बताउनु भएको छ । खोपहरू सु रक्षित हुनपर्ने र स्वास्थ्यकर्मी र र जेष्ठ नागरिकहरुलाई पहिले खोप लगाईने पनि घोषणा गरेका छन् ।

उप स्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभका अनुसार जनसंख्याले रो ग प्र तिरोधात्मक क्षमता विकास गर्ने बित्तिकै को रोना खोपको प्रभावकारिता थाहा पाउन सकिने उहाँले बताउनु भयो । कोरोना खोपको अ नुसन्धान संस्थान र रूसी र क्षा मन्त्रालयले संयुक्त रूपमा विकसित गरेको हो ।

कोरोना खोपको मा नव परीक्षण १८ जुनदेखि शुरू भएको थियो जसमा ३८ जना समावेश थिए । पहिलो समूह १५ जुलाईमा र दोस्रो समूह २० जुलाईमा डि स्चार्ज भएका थिए । डब्ल्यूएचओले रसियाको खोप कार्यक्रमप्रति स तर्क रहेको बताएको छ । जसको बारेमा डब्ल्यूएचओले कुनै आधिकारिक धारणा प्राप्त गरेका छैनन् ।

रूसी स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले हालै भन्नु भएको थिथो कि रसियामा विशाल खोप अभियान अक्टोबरमा शुरु हुनेछ । मन्त्रीका अनुसार सबै खर्च राज्यको बजेटबाट हुने छ । रसियाका उप स्वास्थ्य मन्त्रीको भनाइबाट यो स्प ष्ट भएका छ कि अब चाडै कोरोना खोप अभियानले मू र्त रुपमा पाउने छ ।

प्रतिक्रिया