सिन्धुलीको कमलामाई नगरपालिकाले आनको राती १२ बजेबाट नगरपालिका सिल गर्ने निर्णय गरेको छ । आइतबार एकैदिन छ जनामा कोरोना सं क्रमण देखिएपछि आवश्यक सावधानि अपनाउनकालागि कमलामाई नगरपालिका एक साताकालागि बन्द हुने भएको छ । यो अवधिमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न नगरपालिकाले आह्वान गरेको छ । कमलामाई नगरपालिकाले एक साताकालगि सि ल गर्नु सा वधानिकालागि अत्यावश्यक निर्णय हो । एक सातामा कोरोना सं क्रमणको जोखिम न्युनिकरणकालागि स्थानिय तहले विशेष काम का रवाहि अघि बढाउन जरुरी छ । अहिले पनि भारत पुगेर सिन्धुली छिर्नेको संख्या उस्तै छ । नेपाल–भारतको नाकामा पुगेर सिन्धुली फर्किनेको संख्या बाक्लै छ । त्यसैगरि, स्थानिय स्तरमा पनि मास्कको प्रयोग खासै भएको छैन । बजार क्षेत्रमा भि डभाड हुने ठाउँहरुमा मा स्कको प्रयोग र भौतिक दु रीलाई खि ल्ली उडाएको अवस्था छ । सि ल भएसँगै स्थानिय तहले सावधानि अपनाउन र स्थानिय स्तरमा जनचेतना फैलाउने सुनौलो अवसर पाएको छ । तसर्थ, आगामी एक साता सिन्धुलीको कमलामाई नगरपालिकाकालागि महत्वपुर्ण साबित हुनुपर्छ ।
कनपाले एक साताकालागि ब न्द गरेर मात्र हुदैँन । यो समयमा अत्यावश्यक काम गर्न पनि नगरपालिकाले विशेष जोड दिन जरुरी छ । कमलामाई नगरपालिकाको मुख्य जो खिम भनेको युवाहरुको नेपाल–भारत नाकाको यात्रा हो । उनीरुको बिना रोकटोक भारत पुगेर फर्किने गरेका छन् । तसर्थ, यस्ता किसिमको गतिविधिलाई नि यन्त्रण गर्न नगरपालिकाले विशेष जोड दिन आवश्यक छ । त्यसैगरि, नगरपालिकालाई सु रक्षित राख्न त्यहि अनुरुपको वातावरण सिर्जना गर्न पनि नगरले मुख्य भुमिका खेल्न जरुरी छ । अतः कोरोनाको म हामारीवि रुद्ध लड्न सबैले एक्यबद्धता जनाउनुपर्छ । कोरोना नि यन्त्रण र यसबाट बच्न सबैको भुमिका अहम भएको हुँदा अनावश्यक हिँड्डुल गर्ने र जोखिम बढाउने काम गर्नुहुदैँन । त्यसैगरि, कमलामाई नगरपालिकाले पनि एक साता मौन बसेर भन्दा पनि कोरोनावि रुद्ध विशेष कार्य गर्दै अघि बढ्न जरुरी छ ।