शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

साम्राज्ञी एक्लिईन्, पुजालाई साथ

मंगलवार , श्रावण २७, २०७७

काठमाडौँ, २७ साउन– नेपाली सिने नगरी अनौठो छ । यहाँ सहि र सत्यको वकालत कमै मात्र हुन्छ भन्दा गलत नहोला । यसको पछिल्लो उदाहरण हेर्दा बुझ्न सकिन्छ । कोरोना म हामारी सुरु भएदेखि सरकारले जारी गरेको ल कडाउन अबधिमा आधा दर्जन बढी वि वाद नेपाली सिने नगरीमा मात्रै भए । त्यसमा पनि अभिनेत्री अर्थात महिला कलाकार बढी वि वादमा तानिए । जसमध्ये एउटा बिषय गहन थियो ।

अभिनेत्री साम्राज्ञि राज्यलक्ष्मी शाहले छायांकनका क्रममा निर्माताबाट नराम्रा व्यवहारको बारेमा इन्स्टाग्राममा पोष्ट गरेपछि नेपाली सिने जगतमा तरंग नै पैदा भएको थियो । लगत्तै भुवन केसिले ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आ क्रोश पोखेका थिए । साम्राज्ञीको क टाक्ष भुवन केन्द्रित भएको कारण उनी बोले । तर यति गहन बिषयले अन्य नायिकाहरुमाझ त्यति महत्त्वपूर्ण स्थान पाउन सकेन ।

सिनेक्षेत्रको यस्ता दु र्गन्धको गहन बिषयमा डटेर बोल्ने हिम्मत नभएका नायिकाहरु यतिबेला पत्रकार प्रकाश सुवेदीले “दारा भएकी नायिका” भन्दा उ फ्रिरहेका छन् । जोडतोडले यो बिषयमा एक पछि अर्को नायिका बोलिरहेका छन् । पत्रकार सुवेदीले भने मा फी मागिसकेका छन् । फिल्म छनौट गर्दा पनि चुक्ने नायिकाहरु वि वादको बिषय छनौटमा पनि किन चुक्दैछन ? दारा नभएको भन्दा स्वभावैले रि स उठ्छ । तर, सिने उधोगको गलत कार्यको बारे बोल्दा चाहिँ किन साम्राज्ञीलाई साथ मिलेन ? कुरा गम्भीर छ ।

यतिमात्र हैन साम्राज्ञीले मा नहानी गरेको भन्दै भुवनले १० करोड रुपैयाँ क्ष तिपूर्ति माग दाबी गर्दै नायिका शाहविरुद्ध जिल्ला अदालतमा मु द्दा दायर गरे । तर, अन्य नायिकाहरु किन चुईक्क बोलेका छैनन् ? पुजालाई धेरै नायिकाको साथ मिलिरहेको छ । यता पुजा शर्मालाई दा रा भएको अनुहार भनेपछि कलाकार संघमा उजुरी दिन जादा एक भिडियोमा रुदै उनले अरुलाई पर्दा आफुले पनि यसरी नै सहयोग गर्ने बताईन । तर, उनी यहाँ नीर पनि चिप्लिइन । उनले सो बेला नायिका साम्राज्ञीको पक्षमा बोलेकी थिइनन् ।

उक्त समय उनले बलिउडका सेलिब्रेटिको उदाहरण दिदै आफू नेपाली हस्तीहरु प्रती न तमस्तक रहेको आफ्नो फेसबुक पोस्टमा लेखिन् । उनले महानायक राजेश हमाल, सुपरस्टार भुवन केसि, सदाबहार नायक शिव श्रेष्ठ जस्ता कलाकार पाउनु गौरवको कुरा भन्दै उनिहरु प्रती नतमस्तक रहेको लेखेपनि सो नतमस्तक पोस्ट उनको फेसबुक आईडीमा आधा घन्टा मात्रै टिकेको थियो । उनले सो पोस्टलाइ पोस्ट गरेको ३२ मिनेटमै फेसबुकबाट हटाएकि थिइन् । जुन पोस्ट उनले भुवन केसिलाई समेत ट्याग गरेकी थिइन् । मिडियाको माझ यसरी आखामा छारो हाल्न खोज्नु आफैलाई तल झार्नु हो ।

यता सुष्मा कार्की भने पुजाको क टाक्ष गरिरहेकी छन् । केही हदसम्म उनको कुरालाई पनि सहज नै मान्न सकिन्छ । यी २ बिचको पुरानै दु श्मनी हो । केही समय अघि यिनिहरु बिच पनि मज्जैको जुहारी चलेको थियो । पुजाले कलाकार संघमा उजुरी दिन जादाको प्रसङ्गलाई कोट्याउदै सुष्माले यस्तो लेखेकी छन : “मेरो पनि दारा छ । तर, मलाई अलिकती पनि चित्त दुखेन त ! प्रचारको लागि आफैले आफैलाई दारे सम्झिएर मिडियाबाजी गर्नु भनेको के हो ? कुरा क्लियर छ । मु द्धा हाल्न जादा पनि प्रेस मीट गर्नु पर्दो रछ ? अनि साम्राज्ञीको विषयमा कसैको बोली फुटेको थिएन त ? नामै नतोकी भनेको बिषयमा चै यत्रो हंगामा किन ? फेमिनिज्मको पनि बेइज्जत भयो अब त ।”

यता नायिका तथा नेपाल आईडलकी प्रस्तोता समेत रहेकी रिमा विश्वकर्माले त सुवेदीले मा फी मागी सकेपछि पनि उनको बिरोध र व्यं ग्य गर्दै स्ट्याटस लेखेकी छन् । उनले ‘कठै कसैको छोरा, श्रीमान, दाजु, भाइ, बुवा पो हुन् त बरै ।’ भन्दै यस्तो स्ट्याटस लेखेकी छन : “अहो! भो अब छाडिदिउ न। मा फी माग्नुभो रे त। हामीहरु सुन्न, सहन अनि मा फी दिन त पोख्त नै छौँ नि। पुस्तौ पुस्तादेखि माफी दिदै आएका त हौँ नि।फेरि एकपटक माफी दिदा के नै जाने हो र!! यसै पनि त्याग, सहनशीलता र न्यायको त प्रतिमुर्ति नै हौं नि।

कठै कसैको छोरा, श्रीमान, दाजु, भाइ, बुवा पो हुन् त बरै। सहन जति महान् छौँ , माफी पनि दिएर महानताको सधै झै उदाहरण बनौं अनि बनिराखौँ है। किमार्थ नचुकौँ है। वुमन कार्ड्कै प्रयोग गर्नै पर्ने भो नि माफी दिन पनि । ल है वुमन/ भिक्टिम अनि खै के के कार्डको साख राख्न पनि माफी दिऔँ है। #sorrynotsorry” । नेपाली नायिकाहरुले गम्भिरतालाई ध्यान दिदै अब बिरोधको बिषय छनौटमा पनि ध्यान दिने हो कि ?

प्रतिक्रिया