शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज साउन २७ गते मंगलबारको राशिफल र मौसम

मंगलवार , श्रावण २७, २०७७

बि.सं.२०७७ साल साउन २७ गते मंगलबार ई. सं. २०२० अगस्त ११, नेपाल सम्बत ११४० गुंलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ कृष्ण सप्तमी चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, गण्ड योग, बव करण ।

नेपालमा सूर्योदय बिहान ०५ः३३ बजे, सूर्यास्त साँझ ६ ः ४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको मेष राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सक्खर वा गुँड खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान १० बजेर ३० मिनेट देखि १ बजेर ४८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– निजी काम बन्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ । धनजनको पनि लाभ होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– पर्याप्त धन लाभ हुनेछ । आम्दानी बढ्नेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने हठोट गरे सफल भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आम्दानी अनि खर्च बराबर जस्तो मात्र होला । काममा मन दिन सकेमा सफल भइने दिन छ । खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुष्टी मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– कमाइ कम, खर्च बढी हुनेछ । सानो कुराले आज बेला बेलामा अशान्ति र छटपटी हुन सक्छ । खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :– काम बने पनि अशुभ समाचारले मन खिन्न पार्ला । सोचेको जति फाइदा नबने पनि केहि बन्नेछ । व्यवारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् । आज आलस्यले पनि सताउला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– आर्थिक पक्षमा रुपमा सुधारको महशुस हुनेछ । पूजापाठमा ध्यान जाने खालको दिन रहेको छ । भाग्यले साथ दिएको छ, प्रशस्तै आर्थिक लाभ हुनुका साथै प्रेम प्रसंगमा रमाइनेछ । वित्त आदिको पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक सामाजिक काममा संलग्न भइ मन सन्तोष हुनेछ । फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ, सन्तानबाट पनि सुखको समाचार आउला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिवारमा झमेला होला । आर्थीक पक्ष ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): – मान सम्मान पाए पनि मनमा डर रहनेछ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– प्रेम प्रसंग सुखद रहने छ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन गर्ने मौका पनि छ । मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन् । पढाइमा पनि प्रगति होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– फसेको पैसा आज उठ्न सक्छ । तपाईंले प्रयास भने गर्नै पर्ने देखिन्छ, साथीभाइले सरसहयोग गर्नेछन । मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :– अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । सुखबाट टाढा हुनुपर्ने समय छ साथै गरेका काममा सफलता नमिल्ने देखिन्छ । नचाइने ठाउँमा धनको नाश होला ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार आज मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित छ । हाल देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का बर्षा स्थानहरुमा भईरहेको छ।

आज दिउँसो :-  देशका अधिकांश भू-भागमा सामान्य बदली रही केहि स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती :- देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मे घगर्जन/च ट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश, र प्रदेश नं ५ थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया