शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अभिनेता सञ्जय दत्त अस्पतालबाट डिस्चार्ज

सोमवार , श्रावण २६, २०७७

 

एजेन्सी । अभिनेता सञ्‍जय दत्त लीलावटी अस्पतालबाट सोमबार डिस्चार्ज भएर घर फर्किएका छन् । छाती र श्वा सप्रश्वासमा स मस्या देखिएपछि उनलाई शनिबार अस्पतालमा भ र्ना गरिएको थियो । उनलाई अस्पतालमा (इन्टेन्सिभ केयर) मा राखेर उपचार गरिएको थियो ।

अक्सिजनको स्तरमा कमी आएका कारण उनलाई अस्पतालमै राखी उपचार गरिएको थियो । सञ्‍जयको उपचार गरिरहेका डा. जलिल पारकरले सञ्‍जयको अक्सिजनस्तर नरमल भएको जानकारी दिएका छन् । जसपश्चात उनलाई डिस्चार्ज गरिएको डा.पारकरले पुष्टि गरेका हुन् ।

सञ्जयलाई अस्पताल लग्ने वितिकै कोरोनाको शंकामा परिक्षण पनि गराइएको थियो । तर कोरोना रिर्पोट नेगेटिभ आएको हो । इन्डियन एक्सप्रेस

प्रतिक्रिया