शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सन्तोषको ‘हुतुतु’ मा हरिवंश

सोमवार , श्रावण २६, २०७७

काठमाडौँ – निर्माता सन्तोष सेनले निरन्तर फिल्म निर्माण गरिरहनु भएको छ । ‘प्रेमगीत’ पछि वर्षमा एउटा फिल्म निर्माण गर्दै आउनु भएका उहाँ अर्को वर्षका लागि एक क मेडी फिल्म लिएर आउँदैहुनु हुन्छ । फिल्मको नाम ‘हु तुतु’ जुराइएको छ । छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा फिल्मको निर्देशन गनु हुनेछ । अर्को वर्षबाट छायांकन सुरु हुने फिल्ममा नाम चलेका कलाकारहरु फाइनल गरिएको छ ।

फिल्ममा हरिवंश आचार्य, माओत्से गुरुङ, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको प्रमुख भूमिका रहनेछ । उनीहरु सबैसँग निर्माण टिमको कागजी सम्झौता भइसकेको छ । ठूलो लागतमा निर्माण हुने फिल्मको कथा सन्तोष सेनको हो भने त्यसलाई पटकथामा ढाल्ने काम छेतन गुरुङ र अभिमन्यू निरवीले गरिरनु भएको छ ।

फिल्मको बारेमा जानकारी दिँदै सन्तोषले भन्नु भयो, “अहिले फिल्मको स्क्रिप्टमा काम भइरहेको छ । फिल्मका लागि पुरुष कलाकार छनौट भइसके पनि महिला कलाकार चाँडै छनौट गर्नेछौं । फिल्म पूर्ण कमेडी कथामा बन्नेछ । फिल्ममा जति पनि पुरुष कलाकार फाइनल हुनुभएको छ, उहाँहरु सबैको प्रमुख भूमिका छ । कोरोनाको म हामा रीपछि फिल्म फ्लोरमा जानेछ ।”

लामो समयदेखि दर्शकहरु प्रदीप र पललाई एउटै फिल्ममा हेर्न प्रतिक्षारत थिए । अब त्यो पूरा हुने भएको छ । उनीहरुलाई एकसाथ स्क्रिनमा हेर्न निकै रोचक हुने देखिन्छ । त्यस्तै, दुई पुस्ताको समिश्रणले फिल्म कस्तो बन्ने हो भन्ने चासो पनि सुरु भएको छ । कलाकार आचार्यले धेरैपछि बाहिरी ब्यानरको फिल्ममा काम गर्न लागेका हुन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ भने हुनु हुने छैन ।

प्रतिक्रिया