शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

पुजाले प्रकाश सुवेदीको मा फी नदिने

सोमवार , श्रावण २६, २०७७

काठमाडौँ– रजतपट कार्यक्रम मार्फत अभिनेत्री पुजा शर्मालाई लक्षित गरि पत्रकार प्रकाश सुवेदीले ‘ दा रे तथा महानायिका’ शब्द भनेर आफ्नो अ पमान गरेको भन्दै आइतवार पुजा शर्माले कलाकार संघ , चलचित्र पत्रकारसँघ लगायतमा सुवेदी वि रुद्ध उ जुरी हालेकी थिइन ।

पुजा शर्माले उ जुरी हालेकै साँझ पत्रकार सुवेदीले एक भिडियो मार्फत आफुले कसैलाई ल क्षित ‘दा रे’ शब्द नभनेको भन्दै मा फी मागेका थिए । उनले आफुले दा रे भन्ने शब्द बोल्न नहुने थियो बोले भन्दै हजार पटक आफुलाई मा फी दिन आग्रह गरेका थिए । तर यता अभिनेत्रीले आफुले यस्तो विषयलाई पत्रकार सुवेदीले ह ल्का रुपमा लिएको भन्दै मा फी नदिने बताएकी छन् । उनको माफीको जवाफ दिदैँ आज विहानै अभिनेत्री पुजा शर्माले त्यस ‘दा रे तथा महानायिका शब्द’लाई कार्यक्रम प्रस्तोताले हल्का रुपमा लिएर मा फी मागेको भन्दै आफुलाई अ चम्म लागेको बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन् , ‘ हिजो बेलुका सम्बन्धित कार्यक्रम प्रस्तोताले क्ष मा माग्ने भिडियो पनि आयो , त्यो सुनेर हामी झन् आ श्चर्यमा पर्यौ ! त्यस्तो ग म्भिर बिषयमा उहाँले ‘ दा रे ’ शब्द चिप्लिएर प्रयोग गरिएकोमा माफि पाऊ भन्नु भो । जबकी ‘दा रे महानायिका ’ शब्द चि प्लिएको होइन । २ दिनकी चाँदनी फिर अ न्धेरी रात, तिमिहरूको के हैसियत छ ? भोलि हात जोडेर अन्तर्वार्ता दिन आउनु पर्ने दिन आउछ । मैले एक से एक अभिनेत्रीको अन्तर्वार्ता लिएको छु । तँ आउँदिन भन्ने तेरो के है सियत के छ ? यो आशय स्पष्ट झ  ल्किने त्यति लामो शब्दावली कसरी चिप्लिएको हुन सक्छ ?’

उनले जानाजान आफुलाई यस्ता शब्दहरु प्र हार गरेको बताएकी छन् । भु लवस नभएको उनको भनाई छ । उनले एउटा ‘दा रे महानायिका ’ भन्ने शब्द मात्रै भए यसलाई चि प्लिएको मान्न सकिन्थ्यो तर अन्तरवार्तामा नआएको रि स र आ क्रोश लामो पोखेको हुनाले यो नि योजित रुपमा भनेको अभिनेत्री पुजाको ठम्याई छ । उनले आ क्रोश पुर्ण तरिकाले लेखेकी छन,‘ एउटा शब्द ‘ दा रे महानायिका’ मात्रै भए लौ चि  प्लियो होला भनेर मान्न सकियो तर उहाँले अन्तरवार्तामा नआएको रि स त्यति लामो शब्दमा आ क्रोस सहित पोख्नु भएको छ । ’

पत्रकार सुवेदीले माफी मागेको भिडियामो घरमा हामी सधै यस्तै बोल्थ्यौ , परिवार सम्झेर आफुले ‘दा रे’ भन्ने शब्द कार्यक्रममा पनि बोलेको भनेका थिए । कार्यक्रम प्रस्तोताले यस्तो शब्द जानाजान भनेको पुजाको आरोप छ । आफुले यसलाई ह ल्का रुपमा नलिएको पुजाको भनाई छ । यसलाई आफुले ग म्भिर रुपमा लिएको र भोलिका दिनमा यस्ता घ टना नहोस् भन्न चाहेको बताएकी छन् । उनले चलचित्रसँग आबद्धसबै संघ संस्थामा आफुले उ जुरी दिएको र त्यसले नै न्याय दिलाउने कुरामाा विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया