शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अभिनेता सञ्जय दत्तमा श्वा सप्रश्वास स मस्या, अस्पताल भ र्ना

शनिवार , श्रावण २४, २०७७

एजेन्सी – भारतीय फिल्म अभिनेता सञ्जय दत्त अस्पताल भ र्ना हुनु भएको छ । अभिनेता दत्त मुम्बइएको लिलावती अस्पतालमा शनिबार भर्ना भएको हो ।

६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना गरिएलगत्तै उहाँको कोभिड १९ परीक्षण गरिएको छ । कोभिड १९ को नतिजा नेगेटिभ आएको छ ।

उहाँको स्वाव पीसीआर टेस्टका लागि पनि राखिएको छ । उहाँलाई आइसीयुको गैर कोभिड वार्ड राखिएको अस्पताल श्रोतलाई उदृत गर्दै दैनिक भास्करले जनाएको छ । अभिनेता दत्तको स्वा स्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् ।

यद्यपि, दत्तको उपचार गरिरहेका चिकित्सक जलिल पारकर भने केही महिनाअघि को रोना सं क्रमित हुनु भएको थियो । उहाँ गत महिनामात्र कोरोनाबाट मुक्त भएको हो । उहााले अभिनेता दत्तको अक्सिजन स्तर किन एक्कासि खस्कियो भन्ने कुराको परीक्षण भैरहेको बताउनु भयो ।

उहाँको अगाडि नै कोरोना जाँच गर्दा नेगेटिभ भएको पाइएको थियो । उहाँ केही समय देखि परिवारबाट टाढा बस्नु भएको थियो ।

प्रतिक्रिया