शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

 मोडल  शंकर बिसी गिनिज बुकमा नाम लेखाउँदै 

शनिवार , श्रावण २४, २०७७

काठमाडौँ,२४ साउन – शंकर बिसी लोक तथा दोहोरी गीतको भिडियोमा लामै समय ए कछत्र रा ज गरेका मोडल हुन्,। उहाँले अहिलेसम्म ३५ सय भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसक्नु भएको छ । विश्वमा पहिलो पटक यति धेरै म्युजिक भिडियो खेलेको भन्दै मोडल शंकर बिसीले गिनिज बुक (गिनिज वल्र्ड रेकर्डस)मा नाम लेखाउने तयारी गर्नु भएको हो ।

शंकर बिसीले आफुले गिनिज बुकमा नाम लेखाउन लागेको बताउदै भन्नु भयोे,“ विश्वमा अहिलेसम्म सबै भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेको छु । मैले अहिलेसम्म ३५ सय भन्दा बढि म्युजिक भिडियोमा काम गरिसकेको हुनाले गिनिज बुकमा नाम लेखाउने तयारीमा लागेको हो ।”

“यसका लागि मैले केहि महिना अगाडीदेखि नै सबै प्रक्रिया पुर्याएर गिनिज बुकका लागि एप्लाई सकेको थिए । मैले एप्लै गरेको समयमा कोरोना म हामा री फैलिएका कारण यि सबै कुरा रोकिएको छ । ३५ सय वटा गीत गन्ने काम भइरहेको हुनाले यस बारेमा घोषणा हुन समय लागेको हो । ”उहाँले अहिले उताबाट गीत गन्ने काम भइरहेको पनि जानकारी गराउनु भयो ।

उहाँसँग दैनिक मात्रामा तीन चार वटासम्म म्युजिक भिडियो खेलेको अनुभव छ । उहाँले यस बर्षको तीजमा पनि ३५ वटा भन्दा म्युजिक भिडियो गरिसक्नु भएको छ । उहाँले भन्नु भयो ,“ल कडाउनको अवधिमा म्युजिक भिडियो गर्दिन भन्दा भन्दै पनि ३५ वटा भिडियो सुटिङ गरिएछ । को रोना म हामा रीमा जो खिम मोल्दै र सा वधानी अपनाउँदै काम गर्दै जाँदा ३५ वटा म्युजिक भिडियो सकिएछ ।”

यसरी जिनिज बुकमा नाम लेखाउनका लागि साथीभाईको आग्रहमा सुरु गरेको उहाँको भनाई छ । ३५ सय गीत हेर्नका लागि सम्बन्धित मान्छेलाई समय लाग्ने भएकाले पनि केहि समय ढिला हुन पुगेको शंकरको भनाई छ ।

शंकर र सम्झनाको जोडी

एक समय शंकर बिसी र सम्झना बुढाथोकीको जमेको जोडी मानिन्थ्यो । जुन गीतमा हेरे पनि शंकर बिसी र सम्झना बुढाथोकी मात्र देखिन्थ्यो । यो जोडी बिस्तारैसँगै देखिन छोडेका थिए । यो छुटिनु र सँगै नभेटिनुको कारण सम्झना दु र्घटनामा परेर खुट्टा फ्याक्चर हुनु रहेको पनि बताउनु भयो।

हरेक गीतमासँगै अभिनय गरेका यि जोडीलाई त्यो बेला धेरैले श्रीमान श्रीमती भन्ने गरेका थिए । शंकरले त्यो बेलाको आ रोप आफुले धेरै सुनेको र आफुहरु बीच कुनै त्यस्तै सम्बन्ध नरहेको बताउनु भयो । शंकर बिसीले यसबारेमा थप भन्नु भयो ,“हामीे धेरै म्युजिक भिडियोमा जमेको कारण पनि यस्तो हल्ला बाहिर आएको हो । जुनसुकै म्युजिक भिडियामा पनि हामी जमेका थियौँ , अहिले ति कुरा भनि साध्य पनि छैन । कतिपयले त हामीलाई बुढाबुढी पनि भन्थेँ । तर हाम्रो सम्बन्ध भनेको दाजुबैनीको मात्रै थियो र अहिले पनि छ । ”

गीतसंगीतमा बि कृति फैलियो

हरेक बर्षको तीजका बेलामा गीत संगीतमा केहि बि कृति आउने गरेको शंकरको भनाई छ । म्युजिक भिडियो कलाकार संघका अध्यक्ष समेत रहेका शंकरले छा डापन बोकेका र सुन्न न सकिने गीत हरेक बर्ष आउने गरेको बताउनु भयो । अहिलेसम्म आफुले थाहा पाएसम्म नकरात्मक खाल्का गीत हरेक बर्ष एउटा न एउटाले बजारमा आउने गरेको बिसीको भनाई छ ।

उहाँले भन्नु भयो, “अरु बेला भन्दा तीजका बेला बि कृति र ड बल मिनिङ लाग्ने शब्दका गीतहरु बजारमा आउने गरेका छन् । यस पटक ‘उ त्तानो पारेर , बो का ,गि लास ठोक्काइ देउ ’ मोडल तथा गायक दुर्गेश थापाको साडी लगाएर नाचेका गीतहरु बि कृति फैलाउने गीत हुन् । यस्ता बि कृति फैलाउने गीत नगर्न आफुले सबैलाई जानकारी गराएको पनि छु । दुर्गेशले पनि केहि दिनमा साडी लगाएको भिडियो हटाउछु भन्नुभएको छ । ”

शंकरले आफुले पनि पहिला छोटो लुगा लगाएर नाचेको निउँमा धेरै पटक गा ली खाएको अनुभव सुनाउनु भयो । “छोटा लुगा लगाएर नाच्दा खेरि आफुले भ यंकर गा ली खाएको छु । धेरैले नराम्रो र बि कृति फैलाएको भन्ने आरोप पनि लगाउनुभयो । लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफुले अव देखि यस्तो गीत गर्दिन भनेर साइन गरेको छु ।”

“पछिल्लो समय आफुले त्यस्ता बि कृतिका गीतहरु खेल्न र निर्देशन गर्न छोडेको छु । किनभने आफै प्रतिष्ठानको सदस्य भएको नाता र आफैमा पनि आफ्नो संस्कृतिको जगेर्ना गर्नु पर्ने रहेछ भन्ने उत्पन्न भएको छ । यस्ता बिकृतिका गीतसंगीत रोक थामको लागि आफैँ सक्रिय भएर लागेको छु ,” बिसीले भन्नु भयो ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका उपमहासचिव समेत रहनु भएका शंकरले केहि दिन अगाडी यस्ता गीतका बिसंगतीका बारेमा कसरी न्यनि करण गर्न सकिन्छ भनेर छलफल गरेको समेत बताउनु भयो । त्यो छलफलबाट अर्को सालबाट यस्ता बि कृति फैलाउने खालका गीत बजारमा ल्याए कानुन अनुसार नै क ठघरामा उभ्याउने कुरा भएको जानकारी गराउनु भया ।

प्रतिक्रिया