काठमाडौँ,२४ साउन - विन्दु परियारको आवाजमा शान्तिप्रियको शब्द तथा सुदिप सागरको एरेञ्ज तथा संगीतमा ‘फूलबुट्टे सारी’ बोलको तीज गीत सार्बजनिक भएको छ ।।
रंग पत्रकार एवं गीतकार शान्तिप्रियले यसै तीजमा तीन गीत लेखेका छन् । उनका यसअघि रातो सारी बोलको गीत सार्बजनिक भैसकेको छ । रिलिजका हिसावमा फूलबेट्टे सारी उनको दोस्रो गीत हो ।
गायिका परियारको फूलबुट्टे सारी यस वर्षको पहिलो तीज गीत हो । चलचित्र एवं आधुनिक गीत गायनमा चर्चित रहेकी विन्दुले फूल बुट्टे सारी मौलिक भएकाले सबैलाई मन पर्ने बताइन ।
गीतका एरेञ्जर तथा संगीतकार सुदिप सागर हुन् । फूलबुट्टे सारीमा अभिनेत्री अ नामिका चौलागाई मोडलका रुपमा छिन् । यसै वर्ष तीजमै पनि उनले तीन गीतमा मोडलिङ गरेकी छिन् ।
मोडल अ नामिकाले यो गीतको शब्द, संगीत एवं स्वर लगायत सबै काम राम्रो भएकोले आ शावादी बनेको बताइन् । आफूले नाँच्नलाई सक्दो मेहनत गरेको उनले बताइन् ।
गीतको नृत्य निर्देशक एवं निर्देशक राजिव बलामी हुन् भने सम्पादन पनि उनी आफैले गरेका छन् ।
गीतको छायांकार राजु केसी हुन् भने श्रृंगार दीभिषा शर्माले गरेकी छिन् ।
छायाँछवि क्रियशनले निर्माण गरेको यस गीत सीसी नेपाल युटुव च्यानलबाट रिलिज गरिएको छ ।