शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

किरणले सार्बजनिक गरे फरक शैलीको गीत ( हेर्नुहोस् भिडियो )

शनिवार , श्रावण २४, २०७७

काठमाडौँ ,२४ साउन – गायक किरण भुजेलले फरक शैलीको तीज गीत गाउनु भएको छ । शेरा थामीको संगीत रहेको ‘बम बम भोले’ बोलको गीतमा किरणको साथमा बबिना किराँतीको स्वर रहेको छ । विकास सिवाकोटीको शब्द रचना रहेको गीत तीजको भएतापनि शैली भने अलग छ ।

भिडियोमा किरण र बबिनाको साथमा निक्स शर्मा र बिदिशा कार्कीको अभिनय रहेको छ । भिडियोको निर्देशन मौसम हिमालीले गर्नु भएको छ । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गर्नु भएको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया