बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

मनग्य फाइदा, थोरैमा कञ्जुस्याँई

शनिवार , श्रावण २४, २०७७

सिन्धुलीको केहि वित्तीय संस्थाले सेवाग्राहीलाई सानोतिनो सुविधा दिन पनि कञ्जुस्याई गरेको गुनासो बारम्बार आउने गर्दछ । विशेषगरि, बैंक तथा मनि ट्रान्सफर कम्पनिले सेवाग्राहीलाई सानो कुरामा पनि दुःख दिने गरेको गुनासो बढिरहेको छ । बैंक तथा मनि ट्रान्सफर कम्पनिमा मनग्य फाइदा हुने गर्दछ । तर, केहि वित्तीय संस्थाले भने सेवाग्राहीको सुविधाकालागि खासै वास्ता नगरेको बुझ्न सकिन्छ । लाखौँको कारोबार हुने त्यस्ता संस्थामा थोरै पैसा पर्ने फोटोकपि मेसिनको प्रयोग समेत नहुँदा सेवाग्राहीले आफ्नो समय बर्बाद पार्नुपर्ने अवस्था छ । फोटोकपि मेसिन त एउटा उदाहरण मात्र हो । सेवा दिने संस्थाले सेवालाई नै प्राथमिकता नदिदाँ सेवाग्राहीहरु चिन्तित बन्नु परेको अवस्था छ । सिन्धुलीमा यस्ता स–साना विषयलाई धेरैले खासै प्राथमिकता दिदैँनन् । सेवा प्रवाह गर्ने संस्थाले भने सेवाग्राहीलाई उच्च ठान्दै यस्ता सुविधा उपलब्ध गराउनुपर्ने हो । तर, ती संस्थाले सेवाग्राहीको सुविधालाई कटौति गर्दै दुख दिने गरेका छन् ।

त्यसैगरि, सिन्धुलीका अधिकांश बैंक तथा वित्तीय संस्थामा ग्राहक सेवालाई नजरअन्दाज गरिदैँ आएको छ । ग्राहकसँगको दुव्र्यवहारका घट्नाहरु बारम्बार हुने गर्दछ । सेवा दिने संस्थाले सेवाग्राहीलाई सुविधा दिन कदापि कञ्जुस्याँई गर्नुहुदैँन । अतः जिल्लाका वित्तीय संस्था लगायत अन्य संस्थाले सेवाग्राहीलाई सेवा दिन र राम्रो व्यवहार गर्ने वातावरण सिर्जना गर्नतर्फ विशेष जोड दिन जरुरी छ ।

प्रतिक्रिया