सिन्धुली,१७ साउन – कोभिड–१९ को जो खिम बढ्दै गएपछि सिन्धुली अस्पतालले शनिबार पाँच हजार मास्क पैदल यात्रीलाई बितरण गरेको छ ।
कोभिड–१९ बिरुद्ध ज नचेतना बढाउन र्याली सहित सिन्धुलीमाढी बजार मधुटार, तरकारी बजार, बसपार्क लगायतका क्षेत्रमा निःशुल्क मास्क बितरण गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिनुभयो ।
कोभिड–१९ को संक्रमण बढी रहेको बेला पैदल यात्री त्यसको प र्बाह नै नगरी हिडि रहेकाले ज नचेतना जगाउन स्वास्थ्यकर्मी सहितको टोलीको र्यालीले मास्क बितरण गरेको उहाँले बताउनुभयो ।
उता जिल्ला प्रशासन कार्यालयले पनि मास्क नलगाई हिड्ने व्यक्तिलाई सं क्रमण रोग ऐन अन्तर्गत एक सय रुपैया ज रिवाना गर्ने अभियान चलाएको जनाएको छ ।
त्यस्तै जिल्लाको ग्रामीण क्षेत्रको मुख्य व्यापारिक केन्द्र बन्दै गएको खुर्कोट बजार र बीपी राजमार्गमा हिड्ने यात्रुका लागि पनि प्रहरीले खै मास्क अभियान चलाएको छ ।