काठमाडौँ,१५ साउन – मोडल तथा गायक दुर्गेश थापाले यसपटक लगातार तीजका गीत सार्वजनिक गरिरहनु भएको छ । उहाँका केही गीत लोकप्रिय पनि छन् ।
गतवर्षको तीजमा ‘बीच्च बीच्चमा’ बोलको गीत सार्वजनिक गरेपछि दुर्गेश एकाएक चर्चामा आउनु भयो । पहिले पनि उहाँको चर्चा त हुन्थ्यो । तर, यो गीतले धेरै दर्शकमाझ परिचित गरायो । गीतबाट दुर्गेशले तारिफ पनि पा । उनु भयो । यसपटकको तीजमा भने दुर्गेशलाई धेरैले तालीभन्दा बढी गा ली दिएका छन् ।
एकपछि अर्को गीत सार्वजनिक गरेका दुर्गेशको कतिपयले वि रोध गरेका छन् । हालै सार्वजनिक गरेको ‘बीच्च बीच्चमा ३’ नामक गीतमा महिलाको पोशाकमा प्रस्तुत भएपछि उहाँको थप वि रोध भएको छ । दुर्गेशलाई सामाजिक सञ्जालमा महिलाहरुको चाडको अ पमान गरेको भन्दै गाली गरिएको छ । दुर्गेशले भने यसअघि अरुले पनि महिलाको पोशाक लगाएर फिल्म तथा भिडियोमा अभिनय गरेको बताउनु भएको छ । उहाँले “महानायक (राजेश हमाल) ले पनि फिल्ममा सारी लगाएको” उदाहरण दिनु भएको छ ।
गतवर्ष पनि दुर्गेशले तिहारको अवसर पारेर सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले वि वादमा तानेको थियो । यो गीतमा प्रयोग गरिएका केही शब्दका कारण उहाँ वि रुद्ध प्रहरीमा उ जुरीसमेत परेको थियो । पछि उहँले गीत हटाएर पुनः परिमार्जनसहित अपलोड गर्नु भएको थियो । यतिबेला पनि दुर्गेश विवादमा तानिनु भएको छ । दुर्गेशका फ्यानले भने उहाँको सफलताका कारण केहीले खुट्टा ता न्न खोजेको प्रतिक्रिया दिएका छन् ।