सिन्धुली,१५ साउन– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर बुझाएका छन् । नेकपाको प्रदेश नं ३ को समन्वय कमिटी इन्चार्ज गणेश कुमार पहाडी र नेकपा सिन्धुलीको अध्यक्ष राजन दाहाल सहित १५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै हस्ताक्षर बुझाएका हुन् ।
केही समय पहिलेदेखि नै संकलन गरिएका हस्तक्षार बुधबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाललाई बुझाएका हुन् ।
पार्टीमा पछिल्लो समय वि वाद बढ्दै गएको तर सचिवालय र स्थायी समितिले त्यसको स माधान निकाल्न नसकेकाले उनीहरूले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् ।
अहिले वि वादको स माधान कसरी हुन्छ भन्ने कुरालाई पार्टीको भविष्यसँग जोडिएकाले यसमा सबैको सहभागिता हुनु पर्ने उहाँहरूको भनाइ छ ।
नेकपाको विधानअनुसार २५ प्रतिशत अर्थात् १११ जना सदस्यले हस्ताक्षर गरि केन्द्रीय समिति बैठक माग गरे महिना दिनभित्र बैठक बोलाउनु पर्छ ।
तयार होलान् अध्यक्ष ओली?
पार्टी विधानको ५९ क (४)को प्रयोग गरी एक चौथाइ सदस्यले हस्ताक्षर गरेर केन्द्रीय कमिटीको बैठक माग गरेपछि नेकपाभित्रको वि वाद झन् तल्लो तहसम्म पुग्ने देखिएको छ ।
आफू अ ल्पमतमा परेपछि स्थायी समिति बैठकसमेत टार्ने कोसिस गरिरहेका अध्यक्ष केपी शर्मा ओलीमाथि थप द बाब सिर्जना गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरले केन्द्रीय कमिति बैठक बोलाउन माग गरेका छन् ।
केन्द्रीय सदस्य ठाकुर गैरेका अनुसार ४४१ सदस्यीय केन्द्रीय कमिटीमा बैठक बोलाउन १११ जना मात्र पुग्ने भए पनि बुधबार १५२ जनाले बैठकको माग गरेका छन् । विधानअनुसार माग भएको एक महिनाभित्र केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्नेछ ।
यसअनुसार भदौ १३ गतेभित्र नेकपाले केन्द्रीयत्र कमिटी बैठक बोलाउनुपर्ने हुन्छ । बैठक माग गर्नेहरु सचिवालय र स्थायी समिति असफल भइसकेको अवस्थामा विवाद समाधान गर्ने एक मात्र विकल्प केन्द्रीय कमिटी बैठक नै भएको दाबी गर्छन् ।
तर ओली पक्ष भने पार्टी विभाजन गर्ने भएकाले केन्द्रीय कमिटी बोलाउनु आवश्यक नरहेको बताउन थालेका छन् ।
केन्द्रीय सदस्य लेखनाथ न्यौपाने दुई वटा महाधिवेशनबीचको सबैभन्दा ठूलो संरचना केन्द्रीय कमिटी भएकाले त्यहीँबाट नै निकास खोज्नुको विकल्प नरहेको दाबी गर्नुहुन्छ । ‘ केन्द्रीय कमिटीमा छलफल गरेर निष्कर्ष निकाल्नु पर्छ। सचिवालय र स्थायी कमिटीले वि वाद समाधान गर्न सकेन। त्यसकारण केन्द्रीय कमिटी अनिवार्य हो,’ उहाँ भन्नुहुन्छ ।
नियत नै गलत भए मात्र केन्द्रीय कमिटीले पार्टी वि भाजन गर्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो, ‘अहिले पार्टी फु ट्नु पर्ने कुनै आधार छैन। राजनीतिक कोर्स एउटै हुने अवस्थामा पार्टी वि भाजन हुनु पर्ने देखिँदैन। नियत नै ख राब भयो भने कस्को के लाग्छ छ र?’
अर्का केन्द्रीय सदस्य विश्वनाथ पोखरेल पनि केन्द्रीय कमिटीले विभाजन ननिम्त्याउने दाबी गर्नुहुन्छ । अहिले तत्काल महाधिवेशनमा जान नसक्ने अवस्थामा केन्द्रीय कमिटी बैठक नै वि वाद समाधानको उत्तम विकल्प भएको पोखरेललको दाबी छ ।
उहाँ प्रश्न गर्नुहुन्छ, ‘केन्द्रीय कमिटीबाट पार्टी वि भाजन हुन्छ भन्ने कुरा वा हियात हो। विषय वस्तुलाई राम्रोसँग छलफल गरेर कहीँ फुट आउँछ? सचिवालय, स्थायी समितिमा छलफल हुन नसक्दा विवाद समाधान हुन नसकेको हो ।’
दाहाल–नेपाल पक्षले विवादलाई केन्द्रीय कमिटीमा लान चाहे पनि ओली पक्षले भने माथिल्लो निकायबाटै समाधान खोज्नुपर्नेमा अडिग देखिन्छन् ।
ओली निकट स्थायी समिति सदस्य सुवास नेम्वाङ अहिलेको अवस्थामा केन्द्रीय कमिटीले विवाद झन् विस्तार गर्ने दाबी गर्नुहुन्छ । नेम्वाङ भन्नुहुन्छ, ‘यसले वि वादलाई झन् विस्तार गर्छ । त्यहाँ माथिल्ला निकायमा झै वि वाद हुँदा पार्टी एक रहला?’
बैठक बोलाउनेमै आशंका
अल्पमतमा परेपछि बोलाइएको स्थायी समिति बैठक समेत एक पक्षीय रुपमा स्थगित गर्ने अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन तयार होलान् भन्नेमा स्वयम् हस्ताक्षरकर्ता पनि विश्वस्त छैनन् ।
न्यौपानले बैठक आह्वान हुँदैन भनेर चुप बस्नुभन्दा विधानले दिएको बाटो प्रयोग गर्नु उत्तम भएर आफूहरु अघि बढेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘विधान अनुसार चल्देको भए बैठक माग गर्नुपर्ने नै थिएन । तैपनि पार्टीमा छउन्जेलसम्म विधि अन्तर्गत त चल्नै पर्छ । जतिसुकै अल्पमत बहुमत गरे पनि विधानअनुसार अघि बढ्नुको विकल्प छैन । सम्भाव्यता कम हुँदाहुँदै पनि उठाइ रहनुपर्छ मान्यता हो। त्यसकरण बैठक माग गरौँं ।’
पोखरेलले पनि विधानको व्यवस्थालाई बेवास्ता गरेर बस्नु उपयुक्त नहुने भएकाले आफूहरु अघि बढेको उल्लेख गर्नुभयो । ‘महाधिवेशनमा जान सक्ने अवस्था छैन । त्यस हिसाबले विधानअनुसार केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने व्यवस्थाको उपभोग गरेका हौं,’ उहाँ भन्नुहुन्छ ।
डिल डिलमा पुगे पनि फु ट्दैन
महाचिव विष्णु पौडेलले पार्टी फुटको नजिक पुगे पनि नफुट्ने दाबी गर्नुहुन्छ । पार्टीभित्र एक महिनाभन्दा लामो समयदेखि उत्पन्न वि वादले विभाजन होला जस्तो अनुभुति भए पनि नफुट्ने बताउनु भएको हो । बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले भन्नुभयो, ‘पार्टी फु ट्नका लागि डिल डिलमा पुगे पनि फुट्दैन । एकता कायम रहन्छ ।’
नेकपामा वि वाद समाधान हुँदा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी ओली नहट्ने महासचिव पौडेलले ठोकुवा गर्नुभयो । अध्यक्ष ओलीको पक्षमा उभिदै आउनुभएको पौडेलले नेकपामा तीनवटा कुरा फेरबदल नहुने प्रष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेकपाको विवाद समाधान हुँदा तीनवटा कुरा निश्चित छ । पहिलो पार्टी विभाजन हुँदैन, दोस्रो ओलीजी पाँचै वर्ष प्रधानमन्त्री रहनुहुन्छ र तेस्रो एकता महाधिवेशन नहुन्जेलसम्म उहाँ पार्टीको अध्यक्षमै रहनु हुन्छ ।’
केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट दाहाल नेपाल पक्षले राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको वि वाद उत्कर्षमा पुगेको हो ।
ओलीले दुवै पदबाट राजीनामा दिन अ स्वीकार गर्दै आउनुभएको छ । महासचिव पौडेलले अनिश्चित भएको स्थायी समिति बैठक दुई अध्यक्षको सहमतिमै सुरु हुने उल्लेख गर्नुभयो ।