शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

ज्योती मगर र प्रिति आलेले गिलास ठोक्काउदै ( हेर्नुस् भिडियो)

मंगलवार , श्रावण १३, २०७७

काठमाडौँ,१३ साउन – यतिबेला सबैतिर तीजको माहोल चलिरहेको छ । कलाकार हरुले युवा लक्षित फरक शैलीको तीज गीतहरु यो बेला दैनिक जसो युट्युबमा सार्वजनिक हुने गरेको छ । यस्तैमा अर्को एक गीतको भिडियो सार्बजनिक भएको छ । ‘गिलास ठोक्काउने’ बोलको उक्त गीत आरति मिडिया प्रा.लीको बजार ब्यवस्थापनमा सार्वजनिक भएको हो ।

तीजमा पनि फरक शैली रुचाउनेहरूका लागि लक्षित गरेर तयार पारिएको तिज गीतमा समीर प्रकाश पाण्डेको शब्द रहेको छ भने संगित प्रेम सापकोटा सोनुले भर्नु भएको । यस्तै स्वर पछिल्लो समयकी चर्चित गायिका प्रिति आले र प्रेम सापकोटा सोनु कै रहेको छ ।

गुरुआमा फिल्म प्रा.लीको ब्यानरमा निमार्ण भएको यो तिज गितको म्युजिक भिडियोमा चर्चित गायिका तथा मोडल ज्योति मगर र लोमश शर्माको फिचरिङ रहेको छ । भिडियोमा सुरेश श्रेष्ठको छायाकन स्मृति तिमिल्सिना गुरुआमाको निर्देशनमा प्रकाश धमलाले सम्पादन गर्नु भएको छ ।

भिडियो :

 

प्रतिक्रिया