काठमाडौं,१३ साउन – म्यूजिक भिडियो हुँदै ठूलो पर्दामा स्थापीत चर्चित अभिनेता पल शाहले एक टेलिभिजन अन्तरवार्ताकामा पलले आफ्नो पहिलो प्रेमको रहस्य खोल्नु भएको छ । कुराकानीका क्रममा आफ्नो पहिलो प्रेम असफल भएको बताउनु भएको छ । पत्रकार प्रकाश सुवेदीले को हुन् ति युवती जसले अहिले अहिलेका चर्चित नायकलाई चिन्न सकिनन् भन्ने प्रश्नमा घुमाउरो जवाफ दिँदै पलले भन्नु भयो उनलाई मैले हृदयदेखि मन पराउँथे ।
नेपाल यातायातमा ति सुन्दरीले पललाई बाईबाई गरेको त्यो दिनको स्मरण गर्दै पलले पछि ति युवतीको प्रेमी भएको थाहा पाएसँगै एकतर्फी प्रेम पनि असफल भएको बताउँदै त्यसले लामो समयसम्म आँफुलाई पिडा दिएको स्विकार्नु भएको छ ।
पलले त्यसयता आँफु करियरमा ब्यस्त बन्दै गएका कारण अभिनयमा मात्रै लागेको र हाल कोही प्रेमीका नभएको बताउनु भयो ।
पलले अन्तरबार्तामा नायिका पूजा शर्मा चिप्लिनुको पछाडीको विषयमा पनि बोल्नु भएको छ । कलाकारले नै अन्तरवार्ताका क्रममा बोल्दा अत्यन्त विचार पुर्याउनुपर्ने तर्क गर्नु भयो । प्रकाश सुवेदीको रजतपटमा नै पूजालाई नेपालमा कति जिल्ला र अञ्चल छन् भनी सोधिएको प्रश्नमा उनले जिल्लाको संख्या १४ वटा र ७५ प्रदेश भन्ने उत्तर दिनु भएको थियो भने अन्य प्रश्नमा पनि पूजा पटक पटक चिप्लिएपछि लामो समय ट्रोलको शिकार बन्न पुग्नु भयो ।
को हुन पल शाह ?
म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका शाह पछि चलचित्र क्षेत्रमा लाग्नु भएको हो । उहाँ नायक भन्दा पनि मोडलका रुपमा बढी परिचित हुनु हुन्छ । उहाँको ब्यक्तित्व र सुन्दरताका कारण नेपाली चलचित्र जगतमा छोटो समयमा नै लोकप्रियता कमाउनु भएको छ ।
नाम : पल शाह
जन्म मिति :१५ सेप्टेम्बर १०८९
जन्म स्थान : दाङ नेपाल
पेसा : मोडल तथा नायक
उचाई : ६ फिट ९ इन्च
स्कूल : गंगा उच्च मावि
डेब्यु म्युजिक भिडियो : तिम्रो यादमा रुन्छु अचेल
डेब्यु चलचित्र ः: नाइ नभन्नु ल ४
म्युजिक भिडियो : को होला त्यो, हनि बनी, आइ लभ यू, फिदा, पुर्नजन्म
चलचित्र : नाइ नभन्नु ल ४, म यःतो गीत गाउँछु, जोनी जेन्टलमेन, सत्रु गते, बीर बीक्रम
अवार्ड : वेष्ट डेब्यु एक्टर अवार्ड
पल शाहको जन्म सन् १९८९ सेप्टेम्बर १५ मा दाङमा भएको हो । उहँको न्वारनको नाम भने पूर्ण बिक्रम शाह हो । उहाँका बुवा स्थानीय राजनीतिज्ञ हुन भने आमाले पसल चलाउनुहुन्थ्यो । उहाँको बाल्यकाल दाङ मै बितेको हो ।
स्थानीय गंगा उच्चमाविमा स्कूले जीवन बिताउनु भएको उहाँ उच्च शिक्षा र अबसरको खोजिमा काठमाडौँ आउनु भएको हो । त्यसपछि सुरु भएको हो उहाँको अभिनय यात्रा । तिम्रो यादमा रुन्छु अचेल बोलको गीतमा अभिनय गरेपछि सुरु भएको उहाँको अभिनय यात्रा एकपछि अर्को अबसर सँगै सफल बन्दै गयो । उहाँले अहिले करिब २ सय म्युजिक भिडियोमा अभिनय गनु भएको छ । उहाँ अभिनित धेरैजसो गीत चर्चित छन् ।
फिल्मी यात्रा
उहाँको फिल्मी यात्रा भने सन् २०१६मा नाइ नभन्नु ल को सेक्वयलमा बनेको नाइ नभन्नु ल ४ बाट सुरु भएको हो । यो चलचित्र बक्स अफिसमा निकै सफल पनि भयो । यही चलचित्रबाट उहाँले बेष्ट डेब्यु आर्टिष्टको अवार्ड समेत प्राप्त गर्नु भयो । तर उहाँ नायकका रुपमा भन्दा पनि मोडलका रुपमा दर्शकमाझ निकै परिचित हुनु हुन्छ ।
बिभिन्न समयमा उहाँका प्रेम सम्बन्धका विषयलाई मिडियाहरुमा गसिप चलिरहन्छ । उहाँको केही मोडल तथा नायिकाहरुबीच पनि अफएयर चलिरहेको बताइन्छ । आँचल शर्मासँगको सम्बन्धलाई लिएर मिडियामा बढी चर्चा हुने गरेको छ तर उहाँले असल साथीबीचको सम्बन्ध भएको तर्क गर्दै आउनु भएको थियो । म यस्तो गीत गाउँछु चलचित्रमा अभिनयपछि पुजा शर्मासँगको सम्बन्धले पनि चर्चा पाएको थियो ।