सिन्धुली,– सिन्धुली जिल्लामा कोरोना सं क्रमणलाई जितेर घर जानेको संख्या १० पुगेको छ ।सिन्धुली अस्पतालमा उपचार गरी मंगलबार दुई जना घर गएपछि कोरोना सं क्रमणलाई जितेर घर जानेको संख्या १० पुगेको सिन्धुली अस्पतालले जनाएको छ ।

मंगलबार बिहान दुधौली नगरपालिका–२ हत्पते निवासी २५ बर्षिक कमल धामी र मरिण गाँउपालिका–२ निवासी ३८ बर्षिय ताराबहादुर मोक्तानलाई सिन्धुली अस्पतालमा उपचार गरी निको भएपछि बिदाई गरी घर पठाईएको अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना सं क्रमित मोक्तानलाई असार ३० गते र धामीलाई असार २७ गते सिन्धुली अस्पतालको आईसोलेसनमा भर्ना गरी उपचार सुरु गरिएको थियो ।

भारतबाट आएका धामी र साउदीबाट आएका मोक्तान स्थानीय क्वारेन्टाईनमा बसेका बेला पिसिआर परिक्षण गर्दा कोरोना सं क्रमित पाईएपछि सिन्धुली अस्पतालमा ल्याएर उपचार सुरु गरिएको थियो ।

पछिल्लो पटक सिन्धुली अस्पतालमा आईसोलेसनमा भर्ना भएका कोरोना सं क्रमित चार जनाको स्वाब पिसिआर परिक्षण गर्न हेटौडा पठाईएकोमा नजिता दुई जनाको निगेटिभ र दुई जनाको पोजेटिभ आएको उहाँले बताउनुभयो । नतिजा निगेटिभ आएको दुई जनालाई मंगलबार बिहान घर पठाइएको व्यवस्थापक श्रेष्ठको भनाई छ ।

अहिले सिन्धुली अस्पतालको आईसोलेसन कक्षामा कमलामाई नगरपालिका–४ निवासी ३८ बर्षिय पुरुष र कमलामाई नगरपालिका–६ निवासी ६६ बर्षिय पुरुषको उपचार भई रहेको छ । उनीहरुको पनि पाँच÷छ दिन पछि पिसिआर परिक्षण गर्न पठाईने अस्पतालले जनाएको छ ।