शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीको खुर्कोटमा मास्क खै अभियान सञ्चालन

मंगलवार , श्रावण १३, २०७७

सिन्धुली,१३ साउन – सिन्धुली जिल्लामा पछिल्लो समयमा ग्रामीण क्षेत्रको सहरको रुपमा विकास हुदै गएको खुर्कोट बजारमा मास्क खै अभियान सञ्चालन गरिएको छ ।

ल कडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जो खिम कायमै रहेकोले विपी राजमार्ग र खुर्कोट बजारमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियान सुरु गरिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

सं क्रमणको जोखिम भइ रहदा पनि मास्क नलगाई हिड्न थालेपछि सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान चलाइएको इलाका प्रहरी कार्यालय खुर्कोटका ईन्चार्ज तथा प्रहरी निरिक्षक शान्ता वाईवा बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानिसहरु कोरोना भाईरस सं क्रमणको प्रवाह नै नगरी माक्स नलगाई हिड्न थालेपछि उक्त अभियान सञ्चालन गरेका हौं । माक्स नलगाई हिड्ने व्यक्तिलाई अहिले माक्स लगाउन सम्झाएर छाडेका छौं । अबका दिनमा नमाने कारबाही गछौं ।”

उहाँका अनुसार स्थानीय जनप्रतिनिधि, स्थानीयबासी लगायत संघसंस्थाको समन्वयमा खुर्कोट बजारमा तीन सय जनालाई मास्क वितरण समेत गरिएको छ । “मास्कको प्रयोग गरौं, कोरोनाबाट बचौं, सामाजिक दुरी कायम गरौं” लगायतका नारा सहित माईकिङ समेत गरिएको थियो । सर्वसाधारणले मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न छोडेकाले सचेत बनाउन मास्क वितरण गरिएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

प्रतिक्रिया