काठमाडौँ,१३ साउन – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अभिनेता तथा निर्देशक भूवन केसीले १० करोड क्षतीपूर्तीको दाबी गर्दै जिल्ला अदालत काठमाडौँमा मु द्दा दा यर गरेपछि उहाँहरु बीचको फाटो झन बढेको छ ।
सामाजिक सञ्जालमा सुरु भएको उहाँहरुको झ गडा अहिले अदालतसम्म पुगेको छ । अभिनेत्री साम्राज्ञीले आफु बिरुद्ध लागेको मुद्धामा ड टेर लाग्ने बताएकै बेला उहाँको समर्थन गर्दै अभिनेत्री दिपशिखा खड्काले नारीलाई कमजोर नसोच्न आग्रह गर्नु भएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, “ यो बोका नै हो मलाई पनि राम्रोसँग थाहा छ । बोल्न परेको दिन बाउको बिहे देखाइ दिन्छु । नारीलाई कमजोर नसोच ।”
उहाँले अभिनेता भुवन केसीलाई चेतावनी दिदै भन्नु भएको छ,“कहिले ब्यक्तिगत कुरा निकाल्ने,कहिले घरायसी कुरा निकाल्ने अनि अब १० करोडको माग ?”
अभिनेत्री दिपशिखाले भुवन केसीले अदालतमा मागेको १० करोडको क्षतीपुर्तीको बारेमा कडा रुपमा प्रस्तुत हुदैँ अगाडी लेख्निु हुन्छ ,“भुवन काकालाई १० करोडको क्षती दिनु पर्याे अरे । तेस्का बाजे १० वटा जुत्ताको माला लगाएर हनुमानढोका घुमाउन नपुगेको त्यो पनि कालो मसो दलेर । ” उहाँले अपशब्द बोल्दै आफुले भुवन केसीलाई राम्रोसँग चिनेको र बोल्न परेको दिन बाउको देखाइ दिने बताउनु भएको छ ।