शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अभिताभको स्वास्थ्यमा क्रमिक सुधार हुँदै

मंगलवार , श्रावण १३, २०७७

काठमाडौँ, १३ साउन – बलिउडका माहानायक अमिताभ बच्चनलाई कोरोना भा इरसबाट सं क्रमित भएपछि मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई ११ जुलाई सं क्रमणको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उहाँलाई अस्पतालको आ इसोलेसन वार्डमा भर्ना गरिएको छ । अस्पतालका चिकित्सकहरुले उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको जनाएका छन् ।

यसैगरी, उहाँलाई भर्ना गरिएको एकदिन पछि उनको बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना भा इरसको सामान्य लक्षण देखिएपछि दुबै आमा छोरीलाई समेत नानावती अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा रहेर उपचार गराएपछि गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि सोमबार अस्पतालले आमा छोरी ऐश्वर्या र आराध्या दुवैलाई डिस्चार्ज गरेको छ । तर, अमिताभ र अभिषेक भने अझै अस्पतालमा चिकित्सकहरुको नि गरानीमा हुनु हुन्छ । आ इसोलेसन वार्डमा राखिएको अमिताभलाई कसैको पनि सम्पर्कमा आउन दिइएको छैन।

यद्यपि उहाँ सामाजिक संजालमा निकै सक्रिय हुनु हुन्छ । उहाँले आफ्नो ब्लगमार्फत अस्पतालका आफ्ना अनुभवहरू सार्वजनिक गरिरहनु भएको छ । सोमबार पनि उहाँले सामाजिक संजालमा एक प्रेरणादायी लेख सार्वजनिक गर्नु भएको छ । उहाँले सामाजिक संजाल ट्वीटरमा लेख्नु “दुश्मन बनाउन लडाइँ नै गर्नु पर्दैन, तपाईं थोरै सफल हुनुस्, दुश्मन उपहार स्वरुप आउँछ ।”

उहाँले आफ्नो ब्ल्याक एण्ड ह्वाइट तस्बिर सार्वजनिक गर्दै उक्त लेख सार्वजनिक गर्नु भएको हो । त्यसैगरी, उहाँले सोमवार मात्रै अर्को ट्वीट पनि गर्नु भएको थियो , उहाँले जीवनमा चुनौतीहरु निश्चित रुपमा आउँछन् तर हार खानु चुनौतीबाट उम्किनु मात्र हो उल्लेख गर्नु भएको छ । ।

प्रतिक्रिया