सिन्धुलीमा पुर्वाधार निर्माणको कामले तिव्रता पाइरहेको छ । देश संघीयतामा गएसँगै विकास निर्माणको काम गाउँगाउँमा पुगेको छ । भलई, ती पुर्वाधारको गुणस्तरमाथि प्रश्न खडा भएपनि विकास निर्माणको कामले तिव्रता पाएको छ । तर, जिल्लामा संचालन भएका केहि योजना भने वर्षौदेखि अलपत्र अवस्थामा छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको कमला नदीमा १० वर्ष अघि निर्माण शुरु भएको पक्कि पुल अझै सम्पन्न हुन सकेको छैन । पक्कि पुलको यो घट्ना त एउटा उदाहरण मात्र हो । यस्ता कयौँ योजनाहरु सिन्धुलीमा अलपत्र अवस्थामा रहेको छ । तर पनि जनप्रतिनिधि लगायत सरकारका प्रतिनिधिहरुले ठोस कदम चाल्न सकेका छैनन् । १० वर्षदेखि पुर्वाधार निर्माण नहुनु सामान्य घट्ना होइन । सिन्धुलीका जनप्रतिनिधिको केन्द्रमा समेत राम्रो पक्कड छ । अझ, सिन्धुलीबाट निर्वाचित भएर केन्द्रमा मन्त्री समेत भइसकेका जनप्रतिनिधि पनि छन् ।
तर, जिल्लामानै १० वर्ष देखि अलपत्र परेको योजनामा उनीहरुको ध्यान नजानु दुखद कुरा हो । त्यसैगरि, गाउँगाउँमा सरकार पुगिसकेको अवस्थामा जनप्रतिनिधिले यस्ता ढिलासुस्ती कामप्रति प्रश्न उठाउँदै आवश्यक कदम चाल्नुपर्छ । अतः अलपत्र योजनालाई पूर्णता दिन सरोकारवाला निकायले ठोस आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।