काठमाडौँ ,१३ साउन – सं घर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ देशमा, नयाँ भाषामा र नयाँ भेषमा ढलेर आफ्नो नाम बनाउन उत्तिकै क ठिन । तर जहाँ स मस्या त्यहीं स माधान पनि हुन्छ र त्यही समस्यासँग जुध्ने नयाँ शाहस र आत्मबल पनि बढ्दै जान्छ ।
तिनै समस्या र चुनौतीलाई आत्मसात गर्दै भारतमा जम्न सफल एक मोडल र कलाकार हुन् रितु अवस्थी । रितुको जन्म नेपालको सुदूरपश्चिमाञ्चलको डडेलधुरामा भएको हो । शिक्षा लिने क्रममा उहाँ छिमेकी देश भारत पुग्नु भयो । त्यहींबाट सुरु भयो उहाँको शिक्षासँगै अभिनयको यात्रा । पेशाले उहाँ डाक्टर हुनु हुन्छ, उहाँ भारतको मणिपाल हस्पिटलमा हाड जोर्नी सर्जनको रूपमा कार्यरत हुनु हुन्छ ।

भारतीय बजारमा चिर परिचित नाम हो रितु अवस्थी । डाक्टरीसँगै ग्ल्यामरस क्षेत्रमा पनि हात हाल्नु भएकी उहाँले भारतीय चर्चित सिरियल, कनाडा फिल्म तथा सिरियल र केही टिभि एडमा समेत काम गरिसक्नु भएको छ ।
नेपालबाट भारतमा गएर करियर बनाउन धेरै मानिसहरू चाहन्छन् तर रितुले जस्तो सफलता कम नै व्यक्तिहरूले पाउन सक्छन् । साँच्चै नै लोभ लाग्दो छ उहाँको सफलता र त्यही सफलता हाँसिल गर्न उहाँले गरेको मेहेनत ।
उहाँले भारतीय सिरियल कुमकुम भाग्य, प्यार की डोरी, माँ शक्ती, कन्नड फिल्म शिवम, लक्स साबुनको विज्ञापन लगायतमा काम गरिसक्नु भएको छ । ५ फिट ९ इन्च हाइट भएकी रितुको परिचय कलाकार, मोडल र डक्टरमा मात्र सीमित छैन ।

३० वर्षको उमेरसम्म आइपुग्दा उहाँ एक सक्षम बिजनेस उमन समेत बनिसक्नु भएको छ । उहाँले आफ्नै लज समेत संचालन गर्दै आउनु भएको छ ।
करिब ७० देखि एक करोड भारतीय रुपैयाँ सम्म उहाँले कुनै एक शोबाट पारिश्रमिक लिने गर्नु भएको छ । मेकअपमा सोखिन उहाँ कमाईको ठूलो हिस्सा आफ्नै सुन्दरताको लागि खर्चिनु हुन्छ । उहाँ वि एम डब्लु, मर्सिडिज, भेन्चा जस्ता करोडौं पर्ने कार चढ्ने गर्नु हुन्छ ।