शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

ऐश्वर्या र उनकी छोरी कोरोना जितेर डिस्चार्ज

सोमवार , श्रावण १२, २०७७

एजेन्सी,१२ साउन– अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्या कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । अस्पताल भर्ना भएको ११ औं दिनमा नानावती अस्पतालबाट डिस्चार्ज हुनु भएको हो ।

ऐश्वर्या र छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको उहाँको श्रीमान् अभिनेता अभिषेक बच्चनले सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिनु भएको छ । अभिषेकले लेख्नु भएको छ,“तपाईहरुले दिएको शुभकामनालाई विशेष धन्यवाद । सधैंभरि यसको लागि आभारी छु । राम्रो भएको छ ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालले डिस्चार्ज गरेको छ । उनीहरु घरमा बस्छन् । म र मेरा पिता अस्पतालको अस्पतालको स्वास्थ्यकर्मीको नि गरानीमा रहनेछौं ।”

जुलाई १२ मा उहाँहरुको रिपोर्ट पोजेटिभ आएको थियो । उहाँहरुमा लक्षण नदेखिएकोले होम क्वारेन्टाइनमा राखिएको थियो । १७ जुलाईमा छोरीको स्वास्थ्यमा स मस्या भएपछि नानावती अस्पतालमा भर्ना गरिएको थियो । १० दिन अस्पतालमा बसी ११ औं दिनमा अस्पतालबाट डिस्चार्ज हुनु भएको हो । अमिताभ र अभिषेक १७ दिनदेखि अस्पतालमा हुनु हुन्छ । उहाँहरुमा कोरोना पो जेटिभ आएपछि ११ जुलाईमा अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया