काठमाडौँ,१२ साउन – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बिरुद्ध नायक तथा निर्देशक भूवन केसीले १० करोड क्ष तीपूर्तीको दाबी गर्दै जिल्ला अदालत काठमाडौँमा मु द्दा दा यर गरेपछि उहाँहरुबीचको आरोप–प्रत्यारोपले नयाँ मोड लिएको छ । यसै साता निर्माता केसीले अभिनेत्री साम्राज्ञीले आफ्नो इज्जतमा ठेस पुर्याएको, मा नहानी गरेको लगायतका उजुरी सहित जिल्ला अदालतमा मु द्दा दर्ता गराउनु भएको थियो ।
आफु बिरुद्ध लागेको मुद्धालाई साम्राज्ञीले सामाना गर्ने बताउनु भएको छ । भूवनले मु द्दा दर्ता गरेको भोलीपल्ट सामाजिक संजालमा अभिनेत्री साम्रज्ञीले लेख्नु भएको छ ,“ड र भन्दा विश्वास निष्ठाको साथमा अगाडि बढ्नुछ ।” उहाँले हिम्मतका साथ अगाडी बढ्ने र न डाउने बताउनु भएको छ । केहि हप्ता अगाडी साम्राज्ञीले २१ औं शताब्दीको महिला भएको भन्दै ड र भन्दा आफूमाथि विश्वास आवश्यक रहेको बताउनु भएको थियो ।
साम्राज्ञीले जापानको अवार्डमा भूवन केसीले आफूसँग नजिक भएर, गाला जोडेर बोल्न खोजेको आ रोप लगाउनु भएको थियो । फिल्म ‘ड्रिम्स’को छायांकनका क्रममा आफूमाथि खानपान नदिएको खान माग्दा सबै लागेर गा ली ग लौज गरेको भन्दै आवाज उठाउँदै आउनु भएको थियो ।