शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

रे स्लर अस्मिता जुरेलीले ल्याइन् तीज गीत ‘मान्देउ न शिवजी’ (हेर्नुस भिडियो)

सोमवार , श्रावण १२, २०७७

काठमाडौं १२ साउन – रे स्लर गायिका अस्मिता जुरेलीले नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर मौलिक किसिमका तीज गीत बजारमा आइरहेका बेलाभने अलिक फरक किसिमको गीत बजारमा ल्याएकी छन् ।

अस्मिताले ल्याएको ‘मान्देउ न शिवजी’ बोलको गीतको भिडियोमा गायिका अस्मिता निकै ह ट अ वतारमा प्रस्तुत भएकी छन् ।

गीतमा शिवम अधिकारीको शब्द र ओम सुनारको संगीत छ । भिडियोमा अस्मिता जुरेली, दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, रविन हुड सेन, नरेशवीर सिंह, रमेश थापा, समिर खान, दिनेश कठायत, प्रेम खड्का, रविन प्ररब सेन, ध्रुव हिमाली, विश्व केसी, इश्वरी नेपाली, द हिमालयन टाइगर र भगवती खड्का(युनिका) फिचर्ड छन् ।

भिडियोमा नवराज उप्रेतीको छायांकन, समिर मियाँको सम्पादन र रंग संयोजन तथा शिव विकको कोरियोग्राफी र निर्देशन छ । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो ।

 

भिडियो

प्रतिक्रिया