शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

अब ट्रोलको शि कार हुने पालो दुर्गेश थापाको

सोमवार , श्रावण १२, २०७७

काठमाडौं,१२ साउन – नेपाली कलाकारहरु पछिल्लो समय ट्रोलको शि कार भइरहेका छन् । नजानेको विषयमा ‘जान्दिन’ भन्न नसक्ने र ग लत जवाफ दिएका कारण केही अभिनेत्रीहरु सामाजिक संजालमा ट्रोलरको नि शानामा पर्नु भयो । केहीले अ नावश्यक रुपमा बढी बोलेर आ लोचनाको शिकार भए । केही भने आफ्ना सहकर्मीलाई बचाउने च क्करमा आफैं चि प्लिएर आ लोचित भए ।

यी विषयमा भइरहेका ट्रोलको वि रोध गर्दै कलाकारको ब चाउ गर्नेले ‘सबै कुरा जान्नै पर्छ र ?’ भन्ने प्रश्न उठाउँदै कलाकारहरुको ब चाउ गरे । कला क्षेत्रका व्यक्तिलाई राजनैतिक विषय, सामान्य ज्ञानका कुरा सोधेर चे पुवामा पा रिएको तर्क गरियो । आफ्नो क्षेत्रबारे पो जानकारी हुन्छ, सबै क्षेत्रको जानकारी कहाँ हुन्छ ? भनेर बचाउ गरियो ।

तर, पछिल्लो समय गायक दुर्गेश थापा ट्रोलरको नि शानामा पनु भयो । नि शानामा पनि यसरी परेका छन् कि उहाँले अरुले जस्तो ‘आफ्नो क्षेत्रबाहिरको’ कुरा सोधिएको भनेर ब चाउ गर्ने ठाउँ पनि बाँकी छैन । उहाँले अरु विषयमा होइन आफ्नै क्षेत्रको कुरामा ग ल्ती गरिदिनु भयो । संगीत क्षेत्रकै ज्ञान नभएको देखिएपछि अहिले दुर्गेशमाथि ट्रोलरहरु ख निएका छन् ।

पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा दुर्गेशलाई स्वरसम्राट नारायण गोपालको गीत गाउन भनिएको थियो । धमलाले नारायणगोपालको गीत गाउन भने तर दुर्गेशले भक्तराज आचार्यको गीत ‘मुटु जलिरहेछ’ गाइदिनु भयो । यतिमात्र होइन दुर्गेशले नारायणगोपालको गीत आफूले धेरै सुन्ने गरेको भने तर नारायणगोपालको गीत चिन्न सक्नु भएन् ।

दुर्गेशको यो ग ल्तीसँगै सामाजिक संजालमा प्रश्न उठेको छ ,‘आफूलाई गायक हुँ भन्ने, नारायणगोपालको गीत नचिन्ने ?’ धमलाले दुर्गेशलाई यत्तिमै धर दिँनु हुन्न् । धमलाले शिव परियारको गीत गाउन लगाउँदा ‘पि उँदिन भन्दा भन्दै पि लायो साथीले’ गाउँनु हुन्छ तर शब्द बि गार्नु हुन्छ । यम बरालको गीत गाउन पठाउँदा रामकृष्ण ढकालको ‘ओ राली लागेको हरिणको चाल भो’ गीत गाउँनु हुन्छ ।

प्रतिक्रिया