शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अमिताभ बच्चनको घरमा अर्को स मस्या

आइतवार , श्रावण ११, २०७७

काठमाडौँ, ११ साउन – बलिउडका महानायक अमिताभ बच्चन परिवारका सबै सदस्यलाई कोरोना पुष्टि भएकाले अस्पतालमा छ । उहाँको परिवारमा फेरी अर्को समस्या परेको छ । अमिताभ लगायत परिवारका अन्य सदस्यलाई कोरोना पुष्टि भएकाले अस्पताल भर्ना गरिएको छ । अहिले जया बच्चन मात्र घरमा हुनु हुन्छ । उहाँलाई मात्र कोरोना पुष्टि नभएपछि अस्पताल जान नपरेको हो । तर जयाले आफु स मस्यामा परेको भन्दै प्रहरीमा उजुरी दिनु भएको छ ।

उहाँले आफ्नो घरको वरीपरी केही वाइकर्सले स मस्या उत्पन्न गरेको बताउनु भएको छ । धेरै पटक वाइकर्सले उनको घर वरीपरी घुम्ने र अनावश्यक चासो राख्ने गरेको देखेपछि जयाले प्रहरीमा उ जुरी दिनु भएको छ । परिवारका अन्य सबै सदस्य अस्पतालमा भएको बेलामा यस्तो स मस्या आइलागेपछि उहाँले बा ध्य भएर प्रहरीलाई खबर गर्नुपरेको बताउनु भएको छ । उहाँले आफु अ सुरक्षित महशुष गरेको भन्दै प्रहरीको सहयोग माग्नु भएको हो ।

परिवारका सदस्य सबै अस्पताल भर्ना भएका कारण उहाँ मा नसिक रुपमा त ना व रहेर वाइकको आवाजले पनि झिझो लागेको हुन सक्ने अनुमान गरिएको छ । तर पनि प्रहरीले घटनाको अ नुसन्धान भने सुरु गरेको छ । सिसिटिभी फुटेजको आधारमा प्रहरीले वाइकर्सको खोजी गरेको हो । तर अहिले सम्म कसैलाई प क्राउ भने गरेको छैन । अघिल्लो शनिवार अभिनेता अमिताभ र उनका छोरा अभिषेकलाई कोरोना पुष्टि भएपछि नानावाती अस्पताल भर्ना गरिएको छ ।

दोस्रो पटक वुहारी ऐश्वर्या राय बच्चन र उनको छोरी आराध्यालाई पनि कोरोना पुष्टि भएको हो । उहाँहरु केही दिन होम क्वारेन्टिनमै बस्नु भएको थियो । तर स्वास प्रस्वासमा स मस्या भएपछि उहाँहरुलाई पनि अस्पताल भर्ना गरिएको छ । विहिवार समाचाहरुमा अभिताभ र अभिषेकले कोरोना जितेको र घर फर्कने तयारीमा रहेको समाचार बाहिरिएको थियो ।

तर अमिताभ र अभिषेक दुवैले सो समाचारको खण्डन गर्नु भएको छ । उहाँहरुले आफुहरुको कोरोनाको रिपोर्ट नेगेटिभ नआएको र अस्पतालको सल्लाह अनुसार नै अस्पतालमै बसेको बताउनु भएको छ । अस्पतालले अनुमति नदिदा सम्म घर नजाने पनि उहाँहरुले स्पष्ट पार्नु भएको छ ।

प्रतिक्रिया