सिन्धुलीको कमलामाई नगरपालिकामा शनिबार देखि मास्क नलगाउनेलाई का रबाही गर्न शुरु गरिएको छ । संक्रामक रोग ऐन, २०२० बमोजिम प्रमुख जिल्ला अधिकारी स्वयं अभियानमा निस्केर मास्क नलगाउनेमाथि का रवाही शुरु गरिएको थियो । बिहानिपख जिल्लाको मुख्य ठाउँहरुमा प्रहरीसहितको टोलिले मास्क नलागउनेलाई कार्वाही गरेपनि दिउँसोमा त्यतिको सक्रियता भने देखिएन । जिल्लामा भिडभाड हुने ठाउँहरुमा अहिले पनि धेरै मानिसहरु मास्क बिनानै हिँडिरहेको अवस्था छ । जिल्ला प्रशासन र प्रहरी कार्यालयको केहि छिनको सक्रियताले केहिलाई भएपनि मास्क लगाउनुपर्छ भन्ने दबाब सिर्जना भएको थियो । धेरैले अब मास्क लगाएरनै हिँड्ने पनि बताएका थिए । तर, बिहान मात्र देखिएको सक्रियताले सर्वसाधरणलाई खासै डराउने अवस्था सिर्जना गरेन । सिन्धुलीमा मात्र नभएर देशभर अहिले कोरोना भा इरस फैलिन नदिन सावधानि अपनाइएको छैन् । कोरोनाको ड रले भन्दा का रवाहिको डरले मान्छेले मास्क लगाउन शुरु गर्ने अवस्था छ । त्यसैले पनि प्रशासनले यो अभियानलाई थप तिव्रता दिनुपर्ने आवश्यकता रहेको छ । धेरै समयअघि देखि प्रहरीले जनचेतना फैलाउदैँ माइकिङ गरेर हिँड्दा नागरिकले मास्क लगाउन अटेर गरेको अवस्था थियो । तर, प्रहरीले केहि छिनकालागि मुख्य बजार क्षेत्रमा मास्क नलगाउनेमाथि कार्वाही गर्यो भन्ने सूचना पाएपछि मास्क लगाउनुपर्छ भन्ने दवाव जनमानसमा परेको थियो ।
तसर्थ, आफूपनि कारवाहिमा परिएलाकि भन्ने डरले नै भएपनि मास्कको प्रयोगमा वृद्धि आउनेछ । जिल्ला प्रशासनले यो अभियानलाई निरन्तरता दिन सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्न जरुरी छ । अतः जिल्लामा मास्क लगाउने र कोरोना भा इरसप्रति सजग भएर स ावधानि अपनाउने वातावरण बनाउन सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।