शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

छोरीको बिहेमा ज्वाइँलाई २१ वटा वि षालु स र्प दाइजो

शनिवार , श्रावण १०, २०७७

सिन्धुली,१० साउन- भारतमा एउटा यस्तो समुदाय छ जहाँ छोरीको बिहेमा २१ वटा वि षालु स र्प दाइजोको रुपमा दिनुपर्दछ ।

मध्यप्रदेश प्रान्तमा बस्ने गौरिया समुदायमा उक्त प्रचलन रहेको छ । सो समुदायमा छोरीको बिहेका बेला नयाँ ज्वाइँलाई दाइजोको रुपमा २१ वटा वि षालु स र्प दिइन्छ ।

गौरिया समुदायमा उक्त परम्परा सदियौँदेखि चलिआएको छ । यदि बिहेमा सर्प दाइजो नदिएमा छोरीको वैवाहिक सम्बन्ध छिट्टै नै टुट्दछ भन्ने आम विश्वास उक्त समुदायमा रहिआएको छ ।

गौरिया समुदायका मानिसहरु आफ्नो छोरीको बिहेको टुंगो लागेसँगै दाइजोमा दिइने स र्प खोज्न सुरु गर्दछन् । दाइजोमा दिइने स र्पहरुमा विभिन्न ख तरनाक प्रजातिका वि षालु स र्पहरुसमेत हुन्छन् ।

सो समुदाय स र्पसँग रत्तिभर ड राउँदैन । बच्चाहरूसमेत सानैदेखि स र्पसँग खेल्दछन् र नडराइकन स र्प समाउने गर्दछन् । उसो त यो समुदायको मुख्य पेसा नै स र्प प क्रिने हो । सर्प समाएर मानिसहरूलाई देखाउने र नचाउने गरेरै उनीहरुले पैसा कमाउँछन् र जीविकोपार्जन गर्दछन् ।

छोरीको बिहेमा धन सम्पत्तिको साटो स र्प दाइजो दिनुको कारण पनि त्यहीँ नै हो । नयाँ ज्वाइँले दाइजोमा पाएका स र्पहरुको सहयोगमा कमाई गर्न सकोस् र परिवारको पेट पाल्न सकोस् भनेर स र्प दाइजो दिने परम्परा बसेको मान्न सकिन्छ ।

आफ्नो जीविकोपार्जनको आधारको रुपमा रहेको स र्पसँग यो समुदायको विशेष तथा आत्मीय नाता छ । उनीहरु स र्पलाई निकै माया तथा सम्मान गर्दछन् ।

यदि आफूले पालेको स र्प म र्‍यो भने पूरै परिवारका व्यक्तिहरुले कपाल मुण्डन गरेर शोक मनाउने र समुदायका सबै मानिसहरुलाई बोलाएर पितृ भोज गर्दछन् ।

प्रतिक्रिया