बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

अ ख्तियारको दु रुपयोग नगर

शनिवार , श्रावण १०, २०७७

सिन्धुलीको कमलामाई नगरपालिकामा स्यानिटेरी प्याड खरिद तथा वितरणको विषयलाई लिएर विवाद सिर्जना भइरहेको छ । स्यानिटेरी प्याड खरिद तथा वितरण गर्नुपुर्व स्थानिय तहको उपप्रमुखको संयोजकमा समिति गठन गर्नुपर्नेमा उपप्रमुखलाई थाहैनदिई प्याड खरिद तथा वितरण गरिएको भन्दै उपप्रमुखले गुनासो पोखेको अवस्था छ । समय क्रमसँगै यो वि वादले निकास त पाउला तर स्थानिय तहमा अख्तियारको दुरुपयोग भएको घ ट्नाहरुले जनतालाई निराश बनाएको छ । स्थानिय तहका जनप्रतिनिधिलाई दिएको अधिकारका बारेमा नै अन्योल हुँदा अ ख्तियार दुरुपयोगका घट्नाहरु पनि देखिएको छ । त्यसैगरि, गलत मनसाय बोकेर आफूखुशि चल्ने प्रवृद्धिका कारण पनि यस्ता स मस्याहरु निम्तीरहेको छ । जिल्लाको अन्य स्थानिय तहमा पनि अधिकार क्षेत्रका बारेमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वि वाद देखिएको छ । जनताले निर्वाचित गराएर समाज निर्माणकालागि पठाएका जनप्रतिनिधिहरु बिच देखिएको दुरीका कारण जनतामा आ क्रोश थपिएको छ । जनप्रतिनिधिबिच देखिएको वि वादले गर्दा नकारात्मक सोच बोक्ने व्यक्तिहरु लाभान्वित भइरहेको अवस्थामा मिलेर समाज निर्माणमा अग्रसर हुनुपर्ने आवश्यकता देखिएको छ । त्यसैगरि, जनप्रतिनिधिको अ ख्तियार सम्बन्धि स्पष्ट रुपमा कानुनमा उल्लेख गरिएको हुँदा अध्ययनशिल भएर जनप्रतिनिधिले आफ्नो कामका रवाही अघि बढाउनुपर्ने देखिएको छ । यस्ता झन्झट्बाट मुक्त हुदैँ जनप्रतिनिधिले कानुन बमोजिम चल्नतर्फ बढि केन्द्रित हुनुपर्छ ।

अतः कमलामाई नगरपालिकामा देखिएको वि वादको समाधान गर्न जनप्रतिनिधिहरु बसेर छलफल गर्न जरुरी छ । त्यसैगरि, प्याड खरिद तथा वितरणको सवालमा आर्थिक पारदर्शिता कायम गर्दै कमिकमजोरी सच्चाएर जनप्रतिनिधि अघि बढ्न आवश्यक छ ।

प्रतिक्रिया