बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको सार्वजनिक जग्गामा ब्यक्तिको रजाई

शुक्रवार , श्रावण ९, २०७७

सिन्धुलीको विभिन्न स्थानिय तहमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढ्दो छ । सार्वजनिक जग्गा संरक्षणमा स्थानिय तहको नजर नपर्दा केहि पहुँचवालाले निर्वाध रुपमा भौतिक संरचना निर्माण गरेका छन् । सार्वजनिक जग्गा निजी प्रयोजनकालागि उपयोग हुन थालेपछि स्थानियले विरोध जनाएपनि जग्गा प्रकरण थामथुम पार्ने प्रवृद्धि बढिरहेको छ । देशभर सार्वजनिक जग्गा अतिक्रमणको विषयलाई लिएर आवाज उठिरहदा जिल्लाका सार्वजनिक जग्गामा भने केहि व्यक्तिहरुले आफूखुशी भौतिक संरचना निर्माण गर्नेदेखि लिएर निजी प्रयोजनकालागि प्रयोग गर्दै आएका छन् । सार्वजनिक जग्गा भनेको साझा सम्पत्ति हो । साझा फाइदाकालागि हुनुपर्नेमा केहि पहुँचवालाको अधिनमा सार्वजनिक जग्गा रहिआएको छ ।

तसर्थ, सार्वजनिक जग्गा अतिक्रमणलाई निरुत्साहित पार्न प्रशासन देखि स्थानिय तह अग्रसर हुन जरुरी छ । त्यसैगरि, सरकारी सम्पत्तिको पहिचान गरि साझा प्रयोजनकालागि प्रयोगमा ल्याउन आवश्यक छ । देशमा संघीयता आएसँगै गाउँगाउँमा अधिकार पुगेको छ । जनताको पहँुच पनि बढिरहेको अवस्थामा जनताको आवाज दबाउने कार्यमा कोहि पनि लाग्नुहुदैँन । त्यसैले, जिल्लामा रहेका सार्वजनिक जग्गा कसरी प्रयोग भइरहेको छ र कोको लाभान्वित भइरहेको छ भन्ने अध्ययन हुनुपर्दछ । अतः सार्वजनिक जग्गामा कुनै एक व्यक्ति वा निजी संस्थाको पकड हुनु हुदैँन र यसलाई निरुत्साहित पार्न सरोकारवाला निकायले आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

प्रतिक्रिया