बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

चालकको गुनासो

बिहिवार , श्रावण ८, २०७७

सिन्धुलीको विभिन्न सडकखण्डमा गुड्ने सवारीसाधनका चालकले केह िप्रहरीले अन ावश्यक रुपमा पैसा उठाएको भन्दै गुनासो गर्ने क्रम बढ्दो छ । विशेषगरि, विपी राजमार्गमा रहेको विभिन्न पोष्टहरुमा प्रहरीले अनेक बहाना गरेर पैसा लिने गरेका छन् । ल कडाउनको समयमा पास लिएर हिँडेका गाडीलाई समेत विभिन्न कारणहरु देखाएर प्रहरीले बिना चिट पैसा लिने गरेका छन् । सवारीचालकले पैसा दिन नमाने गाढी रोक्ने तथा अवरोध गर्ने गरेको चालकहरुको गुनासो छ । यता, केहि सवारीसाधनले भने सरकारले तोकेको भन्दा बढि यात्रु बोक्दा समेत प्रहरीले केहि नगरेको आरोप लगाएका छन् । जिल्लामा पछिल्लो समय यातायात व्यवस्थापनमा प्रहरीको सक्रियता बढेपनि केहि भागमा भने प्रहरीले हैरान बनाएको चालकहरुको गुनासो छ ।

तसर्थ, चालकहरुको गुनासो सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीले त्यस्ता प्रहरीको पहिचान गरि कार्वाही गर्न जरुरी छ । विपी राजमार्गमा मात्र नभएर अरु सडकखण्डमा समेत प्रहरीले चालकहरुलाई दुख दिइरहेका छन् । अनावश्यक र गैरकानुनि रुपमा पैसा उठाउने क्रम बढिरहेको हुँदा सम्बन्धित निकायले यस्ता गैरकानुनि कार्यलाई रोक्न विशेष प्राथमिकता दिनुपर्छ । त्यसैगरि, कानुन मि च्नेसँग पैसा उठाएर छुट दिँदा दु र्घट्नाको संभावना बढ्ने हुँदा जिम्मेवार निकायले यस्तो ग लत प्रवृद्धिलाई नि यन्त्रण गर्न थप आवश्यक कदम चाल्न जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया