सिन्धुलीको स्थानिय तहले आर्थिक वर्ष २०७६/०७७ मा विभिन्न शिर्षकमा आर्थिक अ नियमितता गरेको भेटिएको छ । जिल्लाका विभिन्न स्थानिय तहले आफूखुशी करोडौँ रकम खर्च गरेको महालेखा परीक्षकको ५७ औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । आफू नजिकको मानिसहरुलाई ठेक्का दिने देखि लिएर ठेक्काको पैसा समेत अ सुल नगरेकोे प्रतिवेदनमा उल्लेख गरिएको छ । पछिल्लो समय सिन्धुलीका स्थानिय तहले मनपरी तरिकाले अघि बढेको जनगुनासो पनि व्याप्त छ । महालेखा परिक्षकको प्रतिवेदनले झनै जनप्रतिनिधिको ला पर्वाही र आर्थिक अ नियमिततामाथि प्रकाश पारेको छ । तसर्थ, स्थानिय तहले प्रतिवेदनमा उल्लेख भएका सबै घ ट्नाहरुकोबारेमा जवाफदेहि बन्न आवश्यक छ । जिल्लामा जनताको राजश्व दु रुपयोग गरेर आफू मोटाउने र आफू नजिकका व्यक्तिलाई पोश्ने काम भइरहेको छ । जनप्रतिनिधिको गलत रवैयाका कारण जनतापनि आजित भएको अवस्थामा पारदर्शि रुपमा काम गर्न जनप्रतिनिधिले जोड दिनुपर्दछ । स्थानीय तहहरुमा भ्र ष्टाचारको डरलाग्दो अवस्था देखिएको छ ।
कर्मचारीहरुको नियुक्ति, स्थानीय तहहरुले सन्चालन गर्ने योजनाहरुको उपभोक्ता समिति चयन लगायतका विषय वि वादित बन्ने गरेको छ । स्थानीय तहमा राजस्व संकलनमा हुने भ्र ष्टाचार पनि अर्को चासोको विषय बनेको छ । तसर्थ, यी सबै विषयहरुलाई मध्यनजर गर्दै सरोकारवाला निकायले स्थानिय तहको अ राजकता र अ नियमितताका बारेमा प्रश्न गर्न आवश्यक छ । अतः स्थानिय तहको अ नियमितता रोक्न सरोकारवाला निकाय पनि सक्रिय भएर प्रतिपक्षको भुमिका निभाउन जरुरी छ ।