बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

मास्कको प्रयोग गरौँ

शनिवार , श्रावण ३, २०७७

सिन्धुलीमा पछिल्लो समय मास्कको प्रयोग गर्नेको संख्या निकै कम छ । सरकारले लकडाउनलाई आंशिक रुपमा खुकुलो पारेसँगै सर्वसाधरणले न्युनतम सावधानि पनि नअपनाई बजार तथा सार्वजनिक स्थलमा हिँड्डुल गरिरहेका छन् । भिडभाड हुने ठाउँहरुमा समेत मास्कको प्रयोग भएको छैन । लकडाउन खुकुलो भएसँगै कोरोनाका बिरामी पनि दिन प्रतिदिन बढिरहेका छन् । साथसाथै दिन प्रतिदिन सडकमा तथा बजारमा भीडभाड पनि बढ्दै गएको छ । यातायातका साधन पनि सडकमा वृद्धि भएको छ । यसले उच्च दरमा वृद्धि भइरहेको कोरोना संक्रमणको वृद्धिको जोखिम बढ्ने निश्चित छ । तसर्थ यातायातका साधन चढ्दा वा प्रयोग गर्दा उच्च सावधानी अपनाउनु जरुरी छ । भीडभाड हुने ठाउँमा मास्क नलगाईकन हिँड्दा, उनीहरुले परिवारमा कोरोनाको संक्रमण ल्याईरहेका छन् । उनीहरुलाई कोरोनाको सं क्रमणले कुनै असर नगरे पनि उनीहरुको सम्पर्कमा रहेका कमजोर व्यक्तिहरु कोरोनाको शिकार बनिरहनुपरिरहेको छ ।

त्यसैले, कोरोनाबाट बच्नका लागि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने र स्यानिटाइजरको प्रयोग गर्नतर्फ सबैको ध्यान जान आवश्यक छ । त्यसैगरि, जिल्लामा न्युनतम सावधानि पनि नअपनाइएकोमा प्रशासनले पनि थप कडाई गर्न आवश्यक छ । स्थानिय स्तरबाटै कोरोनालाई नजरअन्दाज गरिरहेको अवस्थामा जिल्लामा मास्कको प्रयोग बढाउन सम्बन्धित निकायले निगरानि बढाउन जरुरी छ ।

प्रतिक्रिया