शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज साउन ०३ गते शनिबारको राशिफल र मौसम

शनिवार , श्रावण ३, २०७७

वि.सं.२०७७ साल साउन ०३ गते । शनिबार । ईश्वी सन् २०२० जुलाई १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि–त्रयोदशी,४५ घडी ०० पला,बेलुकी ११ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–मृगशिरा,३९ घडी ०८ पला,बेलुकी ०९ बजेर ०० मिनेट उप्रान्त आद्र्रा । योग– ध्रुव,४५ घडी ४२ पला,बेलुकी ११ बजेर ३७ मिनेट उप्रान्त व्याघात । करण– गर,बिहान ११ बजेर १० मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर २० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–बृष,बिहान ०८ बजेर २७ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय ०५ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ०५ पला । शनि प्रदोश व्रत ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– सेवामूलक र परोपकारी काममा खट्ने वातावरण प्राप्त हुनेछ, दिनदुःखी र असहायको आशीर्वाद लिन सके लाभ हुनसक्छ साथै धार्मिक÷सामाजिक काममा प्रशंसित हुने अवसर पनि पाइनेछ । बन्दव्यापारमा राम्रो छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ। मनोरञ्जनात्मक क्रियाकलापमा धन खर्च गर्न मन हौसिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– क्रोध, प्रतिशोध, रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचे जस्तो लाभ प्राप्त हुनेछ । आम्दानीमा कमी आउनेछैन, मनमा कताकता केही कमी भएझैं लागेपनि समग्रमा आजको समय लाभकारी नै हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– धैर्यले काम लिने समय छ। काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचे बमोजिमका मन बन्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– पशुव्यवसाय र कृषि पेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– रोजगारीको राम्रो अवसर हात पर्नसक्छ। सरकारी जागिरेले महत्वपूर्ण अवसर प्राप्त गर्नेछन, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । आजधार्मिक, सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन साँझपख शुभ कुराको संकेत मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ। सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ। यात्राका क्रममा सचेत हुनुपर्छ । परिवारका सदस्य अस्वस्थ हुन सक्छन आठौं चन्द्रमा छ, आवेगमा आउनु ठीक हुँदैन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ। दाम्पत्य जीवनमा एक किसिमको निरसता आउनसक्छ । बन्दव्यापारमा राम्रै छ, कृषिक्षेत्रमा असन्तुष्टि देखिने छ। घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) :– तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन, पढाइलेखाइमा ध्यान केन्द्रित हुँदैन। मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । व्यावहारिक र प्राविधिक काममा ठूलो सफलता नमिल्न सक्छ, तर परिश्रम गर्न छाड्नुहुँदैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :–घरपरिवार र छरछिमेकमा असमझदारी बढ्नसक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिनेछ । अभिभावक,मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ। हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ। देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आज दिउँसोः- देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती :- देशभर सामान्य देखी पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया