सिन्धुली,२ साउन – विश्वव्यापी रूपमा फैलिएको कोरोना भा इरस (कोभिड–१९) को सं क्रमण तथा रोकथाम नि यन्त्रणको लागि सरकारले अनिवार्य रुपमा मास्क प्रयोग गर्न अनुरोध गरेको छ । सो अनुरोध नमान्नेलाई सिन्धुली प्रहरीले का रवाही गर्ने भएको छ ।
अनावश्यक घर बाहिर ननिस्कन, अति आवश्यक काम पर्दा निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीले अनुरोध गरेको छ ।
कोरोनाको म हामा रीबाट जो गिन तथा जोगाउनका लागि मास्कको प्रयोग अनिवार्य भएको विश्व स्वास्थ्य संगठनले पटक पटक जानकारी दिदै आएपनि विगत केही समय देखि ७० प्रतिशत भन्दा बढी व्यक्ति मास्क विना नै हिड्न थालेपछि त्यस्ता माथि का रवा हीका लागि प्रहरीले अभियान शुरु गर्न लागेको खत्रीले बताउनु भयो ।
कसैले घर बाहिर निस्कँदा मास्क नलगाएको पाइएमा १ सय जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनु भयो । पटक–पटक अनुरोध गर्दा पनि मास्क नलगाएको पाइएमा अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १०६ बमोजिम ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उहाँको भनाइ छ ।