सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित २ नं बजारमा पसल गर्ने एकजनामा कोरोना संक्र म ण देखिएको छ । ६६ वर्षिया पुरुषमा कोरोना सं क्र मण देखिएको हो । लकडाउन अघि भारत गएका ६६ वर्षिया वृद्धमा कोरोना सं क्र मण देखिएको हस्पिटलको कोभिड–१९ फोकल पर्सन प्रसन्न राज भण्डारीले जानकारी दिनुभयो । कोरोना सं क्र मित भारतबाट तीन दिन अघि सिन्धुली आएका थिए । उनी भारतबाट सिधै सिन्धुली अस्पताल आएको डाक्टर भण्डारीले जानकारी दिनुभयो । आरडिटि पोजिटिभ देखिएपछि हेटौँडा स्थित प्रयोगशालामा उनको स्वाब परीक्षणकालागि पठाइएको थियो । पिसिआर रिपोर्ट पनि पोजिटिभ देखिएपछि हाल सिन्धुली अस्पतालको आ इशो लेसनमा उनको उपचार भइरहेको छ । संक्र मि तको स्थायी घर भारत रहेको र जिल्लाको कनपा–६ मा पसल गर्दै आएका थिए ।
कोरोना जित्नेको संख्या बढ्यो
कोरोना संक्रमण पुष्टि भएर सिन्धुली अस्पताल भर्ना भएका ८ जनाले कोरोना जितेर घर गएका छन् । कोरोना लागेर अस्पतालको आइसोलेसनमा उपचारका लागि ल्याइएका अधिकांशलाई कोरोनाको कुनै पनि लक्षण भने देखिएन ।
सिन्धुली अस्पतालका अध्यक्ष प्रह्लाद पोखरेलका अनुसार, बिहीबार फेरि एकजना कोरोना जित्दै अस्पताल बाट डि स्चा र्ज भएका छन । सिन्धुलीको दुधौली नगरपालिका–२ भलुवाहीका का ३५ वर्षीय पुरुष कोरोना जित्दै सिन्धुली अस्पतालबाट डि स्चार्ज भएका हुन ।
असार १७ गते कोरोना देखिएर उपचारका लागि सिन्धुली अस्पताल ल्याइएका उनको दोस्रोपटक कोरोना चेकजाँच गर्दा रिपोर्ट ने गे टिभ आएको थियो । कोरोना पोजिटिभ देखिएका अन्य ३ जना पुरुष अहिले पनि सिन्धुली अस्पतालको आ इशो लेसनमा उपचार गराइरहेका छन । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।