शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

आज साउन ०२ गते शुक्रबारको राशिफल र मौसम

शुक्रवार , श्रावण २, २०७७

वि.सं.२०७७ साल साउन ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० जुलाई १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण कृष्णपक्ष । तिथि– द्वादशी,४३ घडी ५३ पला,बेलुकी १० बजेर ५३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–रोहिणी,३६ घडी १० पला,बेलुकी ०७ बजेर ४८ मिनेट उप्रान्त मृगशिरा । योग– वृद्धि,४७ घडी १५ पला,रातको १२ बजेर १२ मिनेट उप्रान्त ध्रुव । करण– कौलव,बिहान १० बजेर २८ मिनेट उप्रान्त तैतिल,बेलुकी १० बजेर ५३ मिनेट उप्रान्त गर । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ०७ पला । कमैया मुक्ति दिवस ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :– बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन । सहयोगीहरूले काममा साथ दिनेछन । विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :– नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :– आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । बिक्री बट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :– मिहिनेत गर्नुपर्छ, जे गरेपनि सफलता आर्जन हुने दिन छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नुपर्ला । नोकरी गर्नेले मानसम्मान पाउनेछन । प्रशासनिक र राज्य पक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :– भाग्यको मार्गमा अवरोध आउन सक्छ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन, विचार गर्नुहोला । ढिलै भएपनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :– मनमा जोस, जाँगर, उत्साह र उमङ्गमा कमी हुनेछैन । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :– दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउने छ । काम गर्न जाँगर चल्नेछ, उत्साहवद्र्धक समय छ, आम्दानी बढ्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :– शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ। मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुन सक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): – बन्दव्यापारमा ध्यान पु¥याउन नसक्दा नोक्सानीको सम्भावना पनि छ। मनोरञ्जन, खेलवाड र बेकारका कुरामा अल्मलिएर समय ब्यतीत हुनेछ । प्रणय सम्बन्धमा चिसोपन देखिन्छ। सन्तति वा भाइबहिनीका समस्यामा घोरिनुपर्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) :– आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन छ। घरबाहिर बस्नेका लागि वा वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । दार्शनिक वा बौद्धिक क्षेत्रमा दिलचस्पी बढ्नेछ । ज्ञानगुन, परोपकार र वैराग्यका भावनाहरू सञ्चरण हुन्छन ।

मीन (द, दु, थ, झ, ञ, दे, दो, च, चि) :–बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउनेछन । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नुपर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

आजको मौसम

मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान प्रकाशित बुलेटिन अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिण तिर अवस्थित छ । देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसोः- देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राती -: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया