शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

अमेरिकाको को रोनाको पहिलो खो पमा सफलता

बुधवार , आषाढ ३१, २०७७

एजेन्सी । अमेरिकामा प रीक्षण गरिएको पहिलो को भिड–१९ भ्या क्सिन (खोप) बाट मानिसको प्र तिरक्षा प्रणालीमा वै ज्ञानिकहरूले अपेक्षा गरेअनुसारको फाइदा पुगेको छ ।

अब यो खोपको प रीक्षण (ट्राय ल) गर्न बाँकी छ । अमेरिकाका शीर्ष विशेषज्ञ डा. एन्थोनी फाउचीले समाचार एजेन्सी ए सोसिएटेड प्रेससँग भनेका छन्, “तपाईंले जतिसुकै छाटकाट गरे पनि यो एक राम्रो खबर हो ।”

बीबीसीले ‘न्युयोर्क टाइम्स’मा प्रकाशित समाचार उद्धृत गर्दै नेसनल इन्स्टिट्युट्स अफ हे ल्थ र मोडेरना इन्कमा डा. फाउचीका सहकर्मीहरूले उक्त खो प  विकसित गरेको जनाएको छ ।

अब जुलाई २७ मा यो खो पको सबैभन्दा अहम् चरण सुरु हुनेछ । ३० हजार मानिसहरूमा यसको प रीक्षण गरिने भएको छ । परीक्षणमा खो प साच्चै को भिड–१९ बाट मानव शरीर ब चाउन सक्छ कि सक्दैन भन्ने यकिन गरिने बीबीसीले जनाएको छ ।

मंगलबार शोधकर्ताहरूले ४५ मानिसमा गरिएको प रीक्षणको नतिजाको व्यग्र प्र तीक्षा गरिएको छ । रिसर्च टिमले‘न्यु इंग्ल्यान्ड जर्नल अफ मे डिसिन’ मा खो प लिने भो लेन्टियरको रगतमा कोभिड–१९ बाट निको भएका बिरामीको शरीरमा पाइने जति नै ए न्टिबडी पाइएको उल्लेख गरेको छ ।

खोपको अन्तिम नतिजा कहिले आउँछ भन्ने एकिन नभए पनि सरकारले यो वर्षको अन्त्यसम्म ट्रायल पूरा गरिने अनुमान गरेको छ । खोप विकसित गर्ने प्रक्रिया हेर्दा यो ‘रेकर्ड स्पिड’ हो ।

यो खोपलाई महिना दिनको अवधिमा दुई डोज दिइने र यसको कुनै गम्भीर ‘साइड इफेक्ट’ नभएको बताइएको छ । तर, शोधमा सहभागी अधिकांश शोधकर्ताहरूले फ्लु जस्तो ‘रि एक्सन’ दर्ज गरेका छन् । जुन अन्य खोपमा हुनु सामान्य भएको समाचारमा उल्लेख छ ।

खोप लगाएपछि टाउको दु ख्ने, चि सो महसुस हुने, ज्व रो आउने र खो प लगाएको स्थानमा दु ख्नु सामान्य भएको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया